सरकारी कर्मचारीकालागि योग–तनाव व्यवस्थापन शिविर

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १६

कर्मचारी मिलन केन्द्र तनहुँ र आधिकारिक ट्रेड यूनियन तनहुँको संयुक्त पहलमा तनहुँका सरकारी कर्मचारीका लागि निःशुल्क योग तथा तनाव व्यवस्थापन शिविर मंगलबारबाट दमौलीमा सुरु भएको छ ।

कार्यक्रमको जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्याय र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले संयुक्त रूपमा सुरुवात गरेका थिए । त्यस अवसरमा बोल्दै न्यायाधीश उपाध्यायले कर्मचारीहरूको मानसिक सन्तुलन र स्वास्थ्यमा योगको योगदानमा जोड दिँदै यस किसिमका कार्यक्रमहरू नियमित सञ्चालनको आवश्यकता औँल्याए । प्रमुख जिल्ला अधिकारी तिवारीले कर्मचारीहरूको कार्यक्षमता वृद्धि र मानसिक स्वास्थ्य सुधारका लागि यस प्रकारको पहल महत्वपूण भएको बताए ।

तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समिति तनहुँका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले योग अभ्यास र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रदान गरिरहेका छन् । कार्यक्रममा दमौलीस्थित विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूको उत्साहजनक उपस्थिति देखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका अध्यक्ष मनोज रानाभाट, पतञ्जली योग समिति तनहुँका अध्यक्ष दिल बहादुर आले, व्यास नगर अध्यक्ष कुमार श्रेष्ठ लगायतका प्रमुख प्रतिनिधि र योग प्रशिक्षकहरूको सहभागिता रहेको थियो। शिविर पतञ्जली योग समितिको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ र चैत २६ गतेसम्म चल्नेछ । कार्यक्रमको सहजिकरण आधिकारिक ट्रेड यूनियन तनहुँका अध्यक्ष रामहरि खनालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको