व्यास नगरपालिकाबाट पत्रकार नहर्की सम्मानित

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३०

व्यास नगरपालिकाले आफ्नो ३४ औं स्थापना दिवस २०८२ को अवसरमा पत्रकारिता क्षेत्रमार्फत समाजमा सूचना प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका पत्रकार शंकरराज नहर्कीलाई नगदसहित सम्मान गरेको छ । आ.व. २०८१/०८२ मा प्रकाशन भएका समाचार तथा सन्देशमार्फत आम नागरिकसम्म सत्यतथ्य सूचना पु¥याउँदै जनचेतना अभिवृद्धिमा योगदान दिएको मूल्याङ्कन गर्दै नेपाल पत्रकार महासंघ तनहुँका पूर्व उपाध्यक्ष तथा प्रहार अनलाइन मिडियाका सम्पादक नहर्कीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

दमौलीमा आयोजित विशेष समारोहमा नगर प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय सभा सदस्य शुरेस आले मगर, उपप्रमुख इन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल लगायतले संयुक्त रूपमा प्रमाणपत्र र दोसल्ला ओढाएर नहर्कीलाई सम्मान गरेका थिए । विगत दुई दशकदेखि तनहुँको सदरमुकाम दमौलीमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका नहर्कीले स्थानीय मुद्दा, विकास निर्माण र जनसरोकारका विषयलाई निरन्तर उठाउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले स्थानीय तहको सुशासन, पारदर्शिता र विकासका गतिविधि जनतासम्म पु¥याउन पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत लम्सालले निष्पक्ष र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशामा अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पुरस्कृत नहर्कीले नगरपालिकाबाट प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार र प्रेरित बनाएको बताउँदै आगामी दिनमा पनि सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू