क्यान्सर पिडितलाई एमाले देवघाटद्वारा २५ हजार सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख ५

नेकपा एमाले देवघाट गाउँ कमिटिले देवघाट वडा नम्बर ४ का सिङ्चाङगढीका ६० बर्षीय रेखबहादुर थापालाई उपचार सहयोग स्वरुप नगद २५ हजार रुपैयाँ सहयोग गरेको छ । तीनवर्ष देखि क्यान्सरसँग लडी रहेका रेखबहादुर आर्थिक अभावमा उपचार गर्न नसकी बसिरहेका छन् ।

उनको अवस्थाको बारेमा जानकारी पाएपछि पार्टीका कार्यकर्ताहरुले रकम संकलन गरि २५ हजार सहयोग उपलब्ध गराईएको नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष भिमबहादुर गुरुङले बताए । घाँटीको क्यान्सरको उपचारकोलागि आफुसँग भएको सबै सम्पत्ति सकिएको थापाले बताए । उक्त रोगको उपचारको लागि आफुले सम्पुर्ण सहयोगी दाताहरुलाइ सहयोग समेत अपिल गरेको उनले बताए ।

शनिबार एमालेका नेता तथा कार्यकर्ताहरु थापाको घरमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए । नेकपा एमाले हरेक दुखी र पिडितहरुको घाउको मलम बनिरहेको र जहा दुख पर्छ त्यहा नेकपा एमालेले सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ