शिशाघाटमा आयोजित स्वास्थ्य शिविरमा ३२५ जना लाभान्वित

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १७

व्यास नपा–६ को शिशाघाटमा आयोजित स्वास्थ्य शिविरमा ३२५ जना लाभान्वित भएका छन् । बुधबार र बिहीबार आयोजित उक्त निःशुल्क स्वास्थ्य परीक्षणमा महिला र पुरुष गरी तीन सय पच्चीस जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन् ।

उक्त शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, सुर्तीजन्य पदार्थबाट हुने नाक, कान, मुख र घाटीको क्यान्सर रोगको परीक्षण गरिएको थियो । सो क्रममा बीस जनामा क्यान्सर देखिएको जनाईएको छ । उक्त परीक्षणबाट स्तनका आठ जना, पाठेघरको मुखको छ जना र नाक कान घाँटीका छ जनामा क्यान्सर देखिएकाले थप उपचारको लागि भरपुर क्यान्सर अस्पतालमा रिफर गरिएको डा.अस्मिता राणाले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाको आयोजना, व्यास नगरपालिकाको आर्थिक सहयोग, विपी कोइराला क्यान्सर अस्पताल भरतपुरको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो नेपाल रेडक्रस सोसाइटी श्याम्घा उपशाखाका सभापति प्रमोद न्यौपानेले जानकारी दिए ।

उक्त कार्यक्रममा व्यास नपा ६ का वडाअध्यक्ष कुमार गुरुङ, नेपाल रेक्रस सोसाइटी जिल्ला उप सभापति नारायणी अधिकारी, डा.अस्मिता राणा लगायतले शुभकामना व्यक्त गरेका थिए । उक्त कार्यक्रममा स्वास्थ्य सहजीकरण व्यास नगरपालिका स्वास्थ शाखा व्यास ६ का स्वास्थ केन्द्र,महिला स्वयंसेवीका विशेष सहयोग रहेको थियोे । उक्त शिबिरको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको