घिरिङ गाउँपालिकामा नौ महिनामा ४८ प्रतिशत बजेट खर्च

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १७

घिरिङ गाउँपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनाको अवधिमा ४८ प्रतिशत बजेट खर्च भएको छ । घिरिङमा चालु आर्थिक वर्षको लागि ४५ करोड बजेट बिनियोजन गरिएकोमा चैत मसान्तसम्म ४८ दशमलव ८८ प्रतिशत अर्थात २१ करोड ९९ लाख ८४ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक विकास तर्फ २ करोड ६० लाख ५५ हजार रुपैयाँ बिनियोजन गरेकोमा चैत मसान्तसम्म २५ लाख ९४ हजार खर्च भएको छ । त्यस्तै सामाजिक विकास तर्फ २० करोड ६६ लाख १५ हजार विनियोजन गरेकोमा १३ करोड ५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

यसैगरि पुर्वाधार विकास तर्फ १० करोड ९४ लाख ८९ हजार विनियोजन गरेकोमा चैत मसान्तसम्म ३ करोड ६० लाख ६५ हजार खर्च भएको छ । यस्तै कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १० करोड ६९ लाख ४० हजार रुपैयाँ विनियोजन गरेकोमा ५ करोड ४ लाख ६६ हजार रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।

त्यस्तै आम्दानी तर्फ संघ, प्रदेश र आन्तरिक गरि ४५ करोड आम्दानीको लक्ष्य राखिएकोमा चैत मसान्तसम्म ७३.७५ प्रतिशत अर्थात ३३ करोड १९ लाख १९ हजार आम्दानी भएको ढकालले जानकारी दिए ।

घिरिङ्ग गाउँपालिकाको हालसम्मको बेरुजु रकम १४ करोड ९६ लाख ९७ हजार ६५० रहेकोमा यो वर्ष २ करोड ६६ लाख ८० हजार ६६४ रुपैयाँ फस्र्यौट भएको र बाँकी बेरुजु १२ करोड १० लाख ८७ हजार ६०१ रहेको छ ।

त्यसैगरि योजना तर्फ पालिकाभर चालु आर्थिक वर्षमा १९० योजना छनौट भएकोमा १३३ योजना सम्झौता भएको, त्यसमध्ये ६१ योजना सम्पन्न भई भुक्तानी भईसकेको र ५७ योजना सम्झौता हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ