रास्वपा व्यास नगरको सभापतीमा दाहाल बिजयी

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १५

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिको सभापतीमा पुनः चुणामणी दाहाल बिजयी भएका छन् । शुक्रबार सम्पन्न उक्त पार्टीको प्रथम नगर अधिवेशनबाट दाहाल सभापतीमा बिजयी भएका हुन् ।

नयाँ नेतृत्वकोलागि भएको निर्वाचनमा दाहालले १४२ मत प्राप्त गरेका थिए । सभापतीका अर्का उम्मेदजार शुशिल पौडेलले २७ र सुर्यचन्द्र लम्सालले २४ मत प्राप्त गरेका थिए । दाहाल यसअघि पनि सभापतीमा भारी मतका साथ बिजयी भएका थिए ।

त्यस्तै उपसभापतीमा नगेन्द्र ढुङ्गाना १३६ मतका साथ बिजयी भएका छन् । उपसभापती पदका अर्का उम्मेदबार गोविन्द श्रेष्ठले ५८ मत प्राप्त गरेका छन् ।

व्यास नगर समितिको सचिवमा भाग्यशाली ढुङ्गाना र सहसचिवमा नविन वस्ती यसअघि नै सर्वसम्मत निर्वाचित भईसकेका छन् ।

त्यसैगरि महाधिवेशन प्रतिनिधिमा सुर्यभक्त अधिकारी र राजु दाहाल निर्वाचित भएका छन् । नगर अधिवेशनमा २२६ जना प्रतिनिधि रहेकोमा निर्वाचनमा १९८ मत खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।