परियार समुदायका पहिलो सगरमाथा आरोही अमृत परियारलाई सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १६

शुक्लागण्डकी नपा–४ दुलेगौंडामा ढोरफिर्दी परियार समाजले सगरमाथा आरोही अमृत परियारलाई सम्मान गरेको छ ।

समाजद्वारा शनिबार आयोजित कार्यक्रममा परियारलाई सगरमाथा आरोहणमार्फत देश, समाज र विशेषगरी परियार समुदायको गौरव बढाएको भन्दै सम्मान गरिएको हो ।

कार्यक्रममा वक्ताहरूले अमृत परियार परियार समुदायबाट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो आरोही भएको उल्लेख गर्दै उनको उपलब्धि सम्पूर्ण समुदायका लागि गर्व र प्रेरणाको स्रोत बनेको बताए । सम्मानपछि बोल्दै परियारले आफ्नो सगरमाथा आरोहण यात्राका संघर्ष, चुनौती र सफलताका अनुभव सहभागीहरूसँग साझा गरेका थिए । उनले कठिन परिस्थितिमा पनि आत्मविश्वास, दृढ इच्छाशक्ति र निरन्तर मेहनतका साथ अघि बढेमा असम्भव जस्तो देखिने लक्ष्यसमेत हासिल गर्न सकिने बताए ।

परियारले सगरमाथा आरोहणका क्रममा आफूले सञ्चालन गरेको यौन हिंसाविरुद्धको सचेतना अभियान बारे पनि जानकारी गराएका थिए । सामाजिक विकृति र हिंसाविरुद्ध सबैले एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए । कार्यक्रममा सहभागीहरूले परियारका संघर्षपूर्ण, प्रेरणादायी तथा तितामिठा अनुभवहरू प्रत्यक्ष सुन्ने अवसर पाएका थिए । उनको जीवन यात्रा, साहसिक उपलब्धि र सामाजिक अभियानले विशेषगरी युवापुस्तालाई सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ थियो ।

ढोरफिर्दी परियार समाजका अध्यक्ष विष्णुबहादुर परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुरेन परियारले गरेका थिए । कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, स्थानीय बासिन्दा, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण