मानव बेचबिखनमा संलग्न तनहुँका कुँवर चितवनमा पक्राउ

Devghat Online

शेयर गरौ

चितवन । जेठ २०

तनहुँको शुक्लागण्डकी गाँउपालिका वडा नम्बर ९ खैरेनीटार घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने ३३ बर्षीय नारायण कुँवर मानव बेचविखन सम्बन्ति कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

२०८२ साल पौष महिना देखि चितवन भरतपुर महानगरपालिका वडा नम्बर १६ शिवघाटमा गोर्खाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका नारयणले उक्त रेष्टुरेष्टमा वेटरको काम गरिरहेको महिलालाई बिभिन्न लोभ–प्रलोभन देखाई रेष्टुरेन्टमा आउने ग्राहकहरुसँग जबरजस्ति यौन सम्पर्क गर्न लगाएको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय भरतपुर चितवनबाट खटिएको प्रहरी टोलिले कुँवरलाई गत जेठ १६ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका कुँवरमाथि मानव बेचबिखन सम्बन्धि कसुरमा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा सुचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ