भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

भानु नगरपालिकामा नगरस्तरीय कृषि सञ्जाल गठन गरिएको छ । नगरपालिकाका कृषकहरूको हकहित संरक्षण, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार, बजार व्यवस्थापन तथा कृषकहरूबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको हो ।

कृषि सन्जालको संयोजकमा कुशलचन्द्र अधिकारी तथा सह–संयोजकमा रामबहादुर घर्ती रहेका छन् । त्यस्तै सचिवमा दिपेन्द्र अधिकारी, सह–सचिवमा श्यामकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विनोदकुमार श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रणसिं तामाङ, गणेश ढकाल, मानबहादुर भण्डारी, फणिन्द्र बगाले, सोमप्रसाद शर्मा, कृष्णबहादुर श्रेष्ठ, विष्णुहरि कार्की र चिरञ्जीवी लौडारी रहेका छन् ।

नगरपालिकाका कृषकहरूको भेलाबाट गठन गरिएको सञ्जालले आगामी दिनमा कृषि क्षेत्रको विकास र किसानहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । सञ्जालले कृषकहरूबीच सहकार्य विस्तार गर्दै उत्पादन वृद्धि र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर