तनहुँमा ३५० वटा राहदानी सेवाग्राहीको घरदैलोमै पुगी वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २७

जिल्ला प्रशासन कार्यालय तनहुँले ३५० वटा राहदानी सेवाग्राहीको घरदैलोमै पुगी वितरण गरेको छ । कार्यालयका अनुसार गत बैशाख ४ गतेदेखी सुरु भएको घरदैलोमै पुगी राहदानी वितरण कार्य अन्तर्गत जेठ २६ गतेसम्म उक्त संख्यामा राहदानी सेवाग्राहीको घरमै पुगी उपलब्ध गराईएको हो ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा ९५, भानु नगरपालिकामा ७३, शुक्लागण्डकी नगरपालिकामा ६८, भिमाद नगरपालिकमा ३८, घिरिङ गाउँपालिकामा २९, आँबुखैरेनी गाउँपालिकामा २६, म्याग्दे गाउँपालिकमा १७ र बन्दीपुर गाउँपालिकामा ४ थान राहदानी सेवाग्राहीको घरमै पुगेर उपलब्ध गराईएको हो ।

नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीहरुको बुँदा नम्बर २७ मा रहेको ‘सरकारी सेवा घरमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रुपमा विकास गर्ने र जसबाट पासपोर्ट, नागरिकता प्रतिलिपी, लाईसेन्स लगायतका सरकारी कागजातहरु घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने’ प्रावधान रहेको थियो ।

सोही प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला हुलाक कार्यालयसँगको सहकार्यमा यस्तो सेवा जिल्लाका सबै पालिकामा शुरु गरेको हो । जिल्ला हुलाक कार्यालय, तनहुँले जिल्ला प्रशासन कार्यालयबाट राहदानीहरु बुझी सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन