देवघाट गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमको लागि सुझाव संकलन

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २९

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटको लागि जनस्तरबाट सुझाव संकलन गरेको छ । त्यसको लागि गाउँपालिकाले शुक्रबार गाउँपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरि सुझाव संकलन ग¥यो ।

गाउँपालिकाको आगामी आ.व. २०८३/०८४ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न तथा देवघाट गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रतक्ष्य रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन कार्यक्रम आयोजना गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । अध्यक्ष थापाले देवघाट गाउँपालिकाको नीति तथा कार्यक्रममा सबैको अपनत्व बनाई गाउँपालिकालाई समृद्ध बनाउन सबैको सुझाव ग्रहण गरिने बताए । गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले सबै गाउँपालिकाबासीको सुझाव र सल्लाहालाई ग्रहण गरि नीति तथा कार्यक्रममा समावेश गरिने बताए ।

सहभागीहरुले गाउँपालिका भित्रका विभिन्न अलपत्र योजनाहरु पुरा गर्नुपर्ने, सडक निर्माण, स्वच्छ खानेपानी, सिचाइ, शिक्षा, स्वास्थ्य, विद्यालय भवन निर्माण, धार्मिक पर्यटन तथा विकास, खेलकुद मैदान र रंगशाला निर्माण, महिला बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी जनजाति, दलित भूमिहिन सुकुम्बासी, अपाङ्गता भएका, विपन्न परिवार लक्षित कार्यक्रमहरु, सहकारी, फोहोर व्यवस्थापन, नियमित सार्वजानिक सुनुवाई कार्यक्रम गर्नु पर्ने, सन्चार माध्यमलाई सहयोग लगायतका विषयमा विभिन्न सुझाव दिएका थिए ।

त्यस्तै फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, तालिममा सबैको सहभागीता हुन नसकेको, एउटै व्यक्ति बारम्बार दोहोरीएको गुनासो, बजेट निर्माण गर्दा कुनै एउटा पूर्वाधार मात्र समेटिएको, शिक्षा, स्वास्थ्य खेलकुद र सडक निर्माणमा अझै राम्रो बिकास नभएको जस्ता गुनासो र सुझाव पेश गरेका थिए । नदीजन्य पदार्थको अत्याधिक दोहन भएको, आगामी वर्षबाट त्यसलाई बैज्ञानिक रुपमा व्यवस्थित गर्नुपर्ने, बाँदर आतंकको कारण कृषक तथा धार्मिक पर्यटकहरुलाई समस्या परेको । चितवन जाने त्रिशुलीको झोलुङ्गेपुलमा चितवन प्रशासनने एकतर्फी रुपमा मोटरसाइकल आवत जावतमा रोक लगाएको हुँदा त्यसले देवघाटबासीलाई समस्या परेकोले चितवन प्रशासनसँग समन्वय गरि पुलमा मोटरसाइकल सन्चालनमा पहल गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका सचिव किरण सुवेदी, नेकपा एमाले देवघाटका अध्यक्ष भिमबहादुर गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकीप्रदेशका सचिव केशवचन्द्र न्यौपाने, देवघाट क्षेत्र विकास समितिका निवर्तमान सदस्य रामहरि पुडासैनी, लगायतले सुझावहरु दिएका थिए ।

सो कार्यक्रममा गाउँपालिकाका क्रियाशिल सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, उपभोक्ता समिति, विभिन्न जातिगत संघ संस्था तथा सन्जाल, धार्मिक तथा युवा क्लव र संस्था र आमा समुहहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुब्न खड्काले नीति तथा कार्यक्रममा स्थानीय समुदायको सुझाव ग्रहण गरिने बताए । उक्त कार्यक्रमको सन्चालन कार्यक्रम अधिकृत कृष्णराज पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन