देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २९

देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पालिका खोप समन्वय समितीको आयोजनामा शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाईजर शंकरवावु अधिकारीले पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि देवघाट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।

स्वास्थ्यकर्मिहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार उक्त पालिकाका सबै वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरे पछि उक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले खोप अभियान सफल बनाउनुपर्ने भन्दै खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा स्वास्थ्यकर्मीहरु यस बारेमा गम्भिर बन्नु पर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुब्न खड्काले नागरिकलाई शारीरिक स्वास्थ मात्र नभई मानसिक हिसावले पनि स्वास्थ राख्न पालिकाले भुमिका खेल्ने बताए ।

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका खोप सुपरभाईजर शंकरवावु अधिकारीले पुर्ण अधिकार खोप घोषणा गर्दा जनतामा जनचेतना फैलिने बताए । सबै खोप लगाउन पाउनु बालबालिकाको नैसर्गिक अधिकार रहेको सो कारण सबै बालबालिकालाई खोप लगाउनुपर्ने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरु एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान