म्याग्देमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सभा सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

म्याग्दे गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा सभा सम्पन्न भएको छ ।

गाउँपालिकाका विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयमा भर्ना भएको हुँदा उक्त घोषणा गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शिक्षा निशुल्क र अनिवार्य भएको हुँदा सबै बालबालिकालाई विद्यालय भर्ना गर्नुपर्ने बताए । स्थानीय तहले निशुल्क र अनिवार्य शिक्षालाई पनि कार्यान्वयन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।

सो कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, शिक्षा सरोकारवाला र जनप्रतिनिधिको सहभागिता रहेको थियो । सो कार्यक्रममा शिक्षा शाखा प्रमुख विष्णु केसीले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सन्चालन शिक्षा शाखाका भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू