भानु जयन्तीका अवसरमा रक्तदान कार्यक्रम हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २५

आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार भानुमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको संयुक्त आयोजनामा उक्त कार्यक्रम शुक्रबार भानु नगरपालिका वडा नम्बर ४ चुँदीरम्घामा हुने आयोजकले जनाएको छ ।

आदिकवि भानुभक्तको जन्मजयन्ती प्रत्येक वर्ष असार २९ मा राष्ट्रिय स्तरमा मनाइँदै आएको छ । सोही अवसर पारेर यस वर्ष पनि भानु जन्मस्थल क्षेत्रमा विभिन्न कार्यक्रम गरिने क्रममा रक्तदान कार्यक्रम राखिएको हो ।

कार्यक्रमको समन्वय नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा दमौली र नेपाल रेडक्रस सोसाइटी भानुभक्त उपशाखा भानुले गर्ने छन् । भानु नगरपालिकाले रक्त अभावका कारण समयमै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन सबैलाई रक्तदानमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय