सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन र बेचबिखन नगर्न स्वास्थ्य कार्यालयको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । असार २५

प्रदेश स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ र सेवन र बेचविखन नगर्न अनुरोध गरेको छ । कार्यालयले सार्वजानिक सुचना प्रकाशित गरि सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेध भएको जनाएको छ ।

कार्यालयले घर तथा निजी सवारी साधनभित्र अरूलाई असर पर्ने गरी धूम्रपान नगर्न, १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई सुर्तीजन्य पदार्थ बिक्री वा वितरण नगर्न तथा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री, वितरण वा निःशुल्क उपलब्ध नगराउन पनि अनुरोध गरेको छ ।

चुरोट, बिडी वा सिगार फुटकर (एक÷एक वटा) बिक्री नगर्न, सुर्तीजन्य पदार्थ बिक्री गर्ने स्थानमा आकर्षक सजावट तथा प्रदर्शन नगर्न, इन्टरनेट वा अनलाइन माध्यमबाट सुर्तीजन्य पदार्थ बिक्री तथा वितरण नगर्न तथा सुर्तीजन्य पदार्थको ब्रान्ड प्रचार–प्रसार तथा विज्ञापन नगर्न पनि कार्यालयले अनुरोध गरेको छ ।

सुर्तीजन्य पदार्थ बिक्री वितरणका लागि सम्बन्धित निकायबाट अनुमति पत्र अनिवार्य लिन पनि कार्यालयले अनुरोध गरेको छ । कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने कार्यालयले स्पष्ट पारेको छ ।

यस सम्वन्धी कार्य गर्नु गराउनु कानूनी रुपमा दण्डनिय कार्य भएको भन्दै प्रदेश स्वास्थ्य कार्यालयले कसैले गरे गराएमा कानुन बमोजिम कारबाही हुने जनाएको छ । स्वस्थ जीवनका लागि कानुन पालना गर्न र सुर्तीजन्य पदार्थबाट आफू र अरूलाई जोगाउन पनि कार्यालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले