तनहुँ । असार, २५
ऋषिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५३ करोड ६२ लाख ५० हजारको बजेट पारित भएको छ । गाउँ सभाको २१ औं अधिवेशन अन्तर्गत विहिबार सम्पन्न बैठकले उक्त बजेट समावेश गरिएको आर्थिक बिधेयक सर्वसम्मत रुपमा पारित गरिएको हो ।



बजेटमा ऋषिङले आन्तरिक आयबाट १ करोड ५० लाख आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै संघीय सरकारको वत्तियि समानीकरण अनुदान तर्फ १० करोड ३७ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ७८ लाख ९४ हजार, समपूरक अनुदान तर्फ ८५ लाख, सशर्त अनुदान तर्फ २४ करोड १९ लाख अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको वत्तियि समानीकरण तर्फ १ करोड २६ लाख ८० हजार, प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ९० लाख ० हजार, समपूरक अनूदान तर्फ ६० लाख अनुमान गरिएको छ । त्यस्तै चालू आर्थिक बर्ष २०८२/०८३ को बैक मौज्दात १ करोड ५० लाखको अनुमान गरिएको छ भने वविधि आय अन्तरर्गत तनहुँ हाईड्रोपावर मार्फत हस्तान्तरण हुने कुल ५० लाख अनुमान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त गाउँसभाको बैठकले विभिन्न विधेयकहरु पनि पारित गरेको छ ।












