मधुवन सामुदायिक वन समुहद्वारा विपन्न र फरक क्षमता भएका परिवारलाई राहत तथा अनुदान हस्तान्तरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार २८

जब अभावले सपना थिच्न खोज्छ, त्यही बेला कसैले समाएको एउटा हातले जीवनमा फेरि बाँच्ने साहस जगाइदिन्छ । पेट पाल्नकै संघर्षमा दिन काटिरहेका, भविष्यप्रति निराश बन्दै गएका विपन्न तथा फरक क्षमता भएका परिवारका लागि देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूह आशाको सहारा बनेको छ ।

समाजको समृद्धि केवल अग्ला भवन, कालोपत्रे सडक वा विकासका तथ्यांकले मापन हुँदैन । वास्तविक समृद्धि त त्यतिबेला देखिन्छ, जब समाजका सबैभन्दा कमजोर नागरिकको आँखाबाट निराशा हटेर आशाको चमक देखिन्छ । यही मानवीय संवेदनालाई व्यवहारमा उतार्दै मधुवन सामुदायिक वनले गरिबी न्यूनीकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत ३० जना विपन्न तथा फरक क्षमता भएका सदस्यलाई राहत तथा जीविकोपार्जन अनुदान वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले मधुवन सामुदायिक वन नेपालकै उत्कृष्ट सामुदायिक वनमध्ये एक बन्न सफल भएको उल्लेख गर्दै यसको निरन्तर प्रयासले देवघाटको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याएको बताए । उनले पछिल्लो समयमा देवघाटमा रहेको सामुदायिक सस्था जस्तै सामुदायिक वन, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य चौकी यी क्षेत्रहरुले देवघाट अगाडि रहेको थापाले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले वनबाट प्राप्त हुने प्रत्यक्ष लाभ गरिब, विपन्न र फरक क्षमता भएका नागरिकसम्म पुग्नुपर्नेमा जोड दिँदै यस्ता समुदायलाई स्थानीय, प्रदेश र संघीय सरकारले समेत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले यो केवल राहत वितरण मात्र नभई अभावसँग संघर्ष गरिरहेका उपभोक्ताहरुलाई ‘तपाईंहरू एक्लो हुनुहुन्न’ भन्ने आत्मीय विश्वास दिलाउने प्रयास भएको बताए । उनका अनुसार सानो सहयोगले पनि निराश मनमा ठूलो आशा जगाउन सक्छ, र समाजको सुन्दरता त्यतिबेला मात्रै देखिन्छ, जब सक्षम हातहरूले कमजोरलाई उठाउने प्रयास गर्छन् ।

अध्यक्ष गिरीले विकासको वास्तविक मापन भवनको उचाइले होइन, नागरिकको अनुहारमा देखिएको मुस्कान, आत्मविश्वास र भविष्यप्रतिको भरोसाले हुने बताए । वन संरक्षणसँगै सामाजिक न्याय, मानवीय संवेदना र समावेशी विकासलाई प्राथमिकतामा राख्दै मधुवन सामुदायिक वनले आफ्नो सामाजिक जिम्मेवारी निरन्तर निभाइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीले सामुदायिक वनलाई संरक्षण गर्दै यसको सही सदुपयोग गर्न सके जनजीवनको स्तर उकास्न सकिने धारणा राखे । वनलाई केवल हरियालीका रूपमा नभई आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

सव डिभिजन वन कार्यालय देवघाटका प्राविधिक लोकराज उपाध्यायले पछिल्लो समय मधुवन सामुदायिक वनले स्थानीय नागरिकको जीवनस्तर उकास्ने विभिन्न सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको बताए । सामुदायिक वनहरूले गरेका गतिविधिको निरन्तर मूल्यांकन तथा प्रोत्साहन भइरहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रममा फरक क्षमता भएका तथा असहाय १९ जना सदस्यलाई राहतस्वरूप भत्ता वितरण गरिएको थियो । त्यसैगरी गरिबी न्यूनीकरण तथा जीविकोपार्जन कार्यक्रम अन्तर्गत ११ जना लाभग्राहीलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको थियो । उक्त अनुदानमार्फत ५ जनालाई बाख्रा, ५ जनालाई भैंसी पाडी र १ जनालाई बङ्गुर उपलब्ध गराइएको छ ।

कार्यक्रममा उपाध्यक्ष कमला देवकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सचिव गोपी अछामी मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय