व्यास नपाको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिकमा सम्पादित कार्यक्रम, विकास योजना, सुशासन तथा सेवा प्रवाह सम्बन्धमा बधुबार सार्वजनिक सुनवाई कार्यक्रम व्यास नपा १ स्थित दरै समाजको भवनमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशाकीय अधिकृत सुकदेव लम्साल तथा विभिन्न वडा अध्यक्ष एवं शाखा प्रमुखहरुले नगरवासीले उठाएका विभिन्न जिज्ञासाहरु प्रति प्रष्ट पारेका थिए ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं नगरवासीहरुले फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विकास निर्माण, राजश्व संकलन, रोजगारी सिर्जना, विपन्न वर्गका नागरिकलाई राहत लगायतको विषयमा जिज्ञासा राखेका थिए ।

नेपाल पत्रकार महासंघको सहजिकरणमा भएको उक्त कार्यक्रमको सन्चालन नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय