सवारीको आकस्मिक जाँच, दुई शंकास्पद व्यक्ति नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

जिल्ला प्रहरी कार्यालय तनहुँले सञ्चालन गरेको आकस्मिक सवारी जाँच अभियानका क्रममा दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्रनाउ) द्वारिकाप्रसाद घिमिरेका अनुसार बुधबार अपराह्न ४ः३० बजेदेखि साँझ ६ः१५ बजेसम्म विशेष सुरक्षा योजनाअन्तर्गत सरप्राइज चेकजाँच सञ्चालन गरिएको हो ।

प्रहरी नायव उपरीक्षक घिमिरेको कमाण्डमा परिचालित १५ सदस्यीय प्रहरी टोलीले अभियानका क्रममा १३७ वटा सवारी साधनको जाँच गरेको थियो । जाँचका क्रममा दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्लामा शान्ति सुरक्षा सुदृढ बनाउन तथा आपराधिक गतिविधि नियन्त्रण गर्न यस्ता आकस्मिक जाँचलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई