भिमाद नगरपालिकाको स्वीकृत बजेट सार्वजनिक

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १६

तनहुँको भिमाद नगरपालिकाको २२ औँ नगरसभाबाट स्वीकृत आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटसहितको ‘वार्षिक नगर विकास योजना पुस्तिका’ शुक्रबार सार्वजनिक गरिएको छ ।

नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षता तथा संविधान सभा सदस्य टुकराज सिग्देलको प्रमुख अतिथ्यतामा आयोजित विशेष कार्यक्रममा उक्त योजना पुस्तिकाको औपचारिक विमोचन गरिएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रु. ६७ करोड ७१ लाख को बजेट सार्वजनिक गरेको छ । विनियोजित कुल बजेटको शीर्षकगत विभाजन अनुसार चालु खर्चः ४७ करोड ७२ लाख र पुँजीगत खर्च रु. १९ करोड ९८ लाख रहेको छ ।

कार्यक्रममा उप–प्रमुख शारदा खनाल, नगरका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूहरुले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कार्यालय प्रमुखहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, पत्रकारहरू तथा स्थानीय बुद्धिजीवीहरूकोे उपस्थिति रहेको थियो ।

सार्वजनिक नीति तथा कार्यक्रमले भिमाद नगर क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक रूपान्तरणलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत शोभाखर पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता