नागरिकको गुनासोः देवघाटमा फोहोर संकलन गर्ने गाडी नआएको डेढ महिना भयो

Devghat Online

शेयर गरौ

देवघाट । साउन १६

देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र विगत डेढ महिनाभन्दा बढी समय अघिदेखि फोहोर सङ्कलन गर्ने गाडी नआउँदा स्थानीय बासिन्दाहरू निकै प्रभावित बनेका छन् । जेठ महिनादेखि फोहोर सङ्कलन प्रक्रिया ठप्प हुँदा गाउँ तथा टोलभरि दुर्गन्ध फैलन थालेको छ ।

स्थानीय बासिन्दाहरूका अनुसार असार मसान्तसम्मको फोहोरमैला व्यवस्थापन शुल्क नियमित रूपमा असुल गरिए पनि सेवा भने पूर्ण रूपमा ठप्प पारिएको छ । नियमित रूपमा फोहोर नउठ्दा अहिले सामान्य घरहरूमा समेत ४ देखि ५ बोरासम्म फोहोर थुप्रिएर बसेको र जसका कारण सरसफाइ र स्वास्थ्य जोखिम बढेको स्थानीय प्रदिप चौलागाँईले गुनासो गरे ।

चौलागाँईले प्रश्न गरेका छन्, ‘यो जिम्मेवारी कसको हो ? पैसा मात्र उठाउने कि सरसफाइ पनि गर्ने ?’ फोहोरमैला व्यवस्थापनको मुख्य जिम्मेवारी गाउँपालिका, वडा कार्यालय वा सम्बन्धित टोल विकास समितिको हो भन्ने विषयमा स्पष्टता नहुँदा जनता मारमा परेको उनको भनाई छ ।

‘असार मसान्तसम्मको शुल्क बुझाइसकेका छौँ, तर जेठदेखि नै गाडी आएको छैन । सामान्य घरमै ४/५ बोरा फोहोर जम्मा भइसकेको छ’ चौलागाँईले भने ‘सम्बन्धित निकायको ध्यान पैसा सङ्कलनमा मात्रै छ कि सरसफाइमा पनि ?’

लगातार डेढ महिनासम्म फोहोर नउठ्दा फैलन सक्ने रोगव्याधि र वातावरणीय प्रदूषणलाई मध्यनजर गर्दै स्थानीयवासीले गाउँपालिका अध्यक्ष तथा वडाध्यक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । चौलागाँईले सन्चार माध्यम मार्फत सम्बन्धित सरोकारवाला, टोल विकास समिति, वडा कार्यालय र गाउँपालिका प्रशासनलाई तत्काल फोहोर सङ्कलन कार्य सुचारु गरी जनताको स्वास्थ्यमाथि भइरहेको खेलबाड रोक्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय