नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण बिहीबार बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।

आयोगले त्रिशूली, मस्र्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । त्यसैले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार नारायणी नदीको चितवन देवघाट जलमापन केन्द्रमा बिहीबार बिहान पौने ६ बजे नारायणीमा बाढीको तह ६ दशमलव ३२ मिटर छ । यहाँ बाढीको तह सात दशमलव तीन मिटर पुगे चेतावनी र नौ मिटर पुगे खतराको तह मानिन्छ । विभागले बाढीको तह बढ्दो क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता