तनहुँ । साउन २१
राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगर समितिले वडा नम्बर ४ र वडा नम्बर १० मा टोल संयोजकहरु चयन गरेको छ । विहिबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा वडा नम्बर ४ मा १५ वटा टोलका संयोजक र वडा नम्बर १० मा ५ वटा टोलका संयोजकहरु चयन गरिएको हो ।



व्यास नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न वडामा टोल संयोजकहरु गठन गरिएको रास्वपा व्यास नगर समितिका सभापती चुडामणी दाहालले बताए । वडा नम्बर ४ मा वडा सभापति क्याप्टेन गोपालबहादुर गुरुङको सभापतित्वमा बिहीबार सम्पन्न विशेष बैठकले १५ वटा टोलमा संयोजकहरु चयन गरेको सभापती दाहालले बताए । पार्टीको तल्लो तहसम्म सङ्गठन सुदृढीकरण तथा स्थानीय समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले टोल संयोजकहरू चयन गरिएको सभापती दाहालले बताए ।
चयन भएका टोल संयोजकहरूमा बिरता टोलमा कृष्णबहादुर क्षेत्री, बिरालेटार टोलमा राजकुमार श्रेष्ठ, कृष्णपुर टोलमा काजी जिसी, वेदव्यास टोलमा मञ्जु अधिकारी, कोटापानी टोलमा क्याप्टेन मैतसिंह गुरुङ, जुडेपानी टोलमा गङ्गाबहादुर दरै, चुरेखोल्सी टोलमा हरिराज पौडेल, नमुना टोलमा बाबुराम खत्री, श्रीकृष्ण टोलमा मैयाँ गोतामे, हरिओम टोलमा मोहनलाल श्रेष्ठ, जलदेवी (क) टोलमा निमकाजी श्रेष्ठ, जलदेवी (ख) टोलमा चित्रबहादुर दरै, शीतलचोक टोलमा प्रेमबहादुर थापा, बागबजार टोलमा श्यामलाल सापकोटा र संगम टोलमा भानु चापागाईं रहेका छन् ।

यसैगरि रास्वपा व्यास नगर समितिले वडा नम्बर १० मा ५ वटा टोलमा संयोजक चयन गरेको छ । रास्वपा व्यास नगरपालिका वडा नम्बर १० का वडा सभापति पदमबहादुर दरैको अध्यक्षतामा विहिबार बसेको बैठकले ५ वटा टोलमा नयाँ टोल संयोजकहरू चयन गरेको हो ।
सङ्गठन विस्तार तथा वडास्तरीय गतिविधिहरूलाई जुझारु रूपमा अगाडि बढाउने उद्देश्यका साथ टोल समिति गठन गरिएको सो पार्टीले जनाएको छ । चयन हुनुभएका टोल संयोजकहरूमा निबुवाटारी टोलमा राजबहादुर भण्डारी, अँधेरी भञ्ज्याङ टोलमा शिव बानियाँ, श्री भञ्ज्याङ टोलमा नरबहादुर गुरुङ, दुम्सीकोट टोलमा सुरेन्द्र गुरुङ र दुम्सीचौर टोलमा लिलबहादुर विक रहेका छन् ।
बैठकमा नवनिर्वाचित टोल संयोजकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै, स्थानीय समस्याको उठान र नागरिकका मागहरूलाई सम्बोधन गर्न नवनिर्वाचित संयोजकहरूले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको नगर सभापती दाहालले बताए ।












