कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २२

जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन कारागार कार्यालय र प्रदेश अस्पताल, दमौलीबीच शुक्रबार द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्र अनुसार, कारागारमा रहेका कैदीबन्दीहरूको औषधि तथा स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन दुवै निकाय सहमत भएका छन् । यो सम्झौता २०८३ साउन २२ गतेदेखि लागू भई २०८४ साल असार मसान्तसम्म कायम रहनेछ ।

सम्झौता अनुसार कारागार कार्यालयको आधिकारिक छाप भएको पत्र तथा बिरामीको व्यक्तिगत विवरण, रोगको अवस्था र हालसम्म गरिएको उपचार विधि उल्लेख भएको रिफरल स्पिलका आधारमा अस्पतालले उपचार सेवा दिनेछ । नियमित प्रक्रिया अन्तर्गत आकस्मिक सेवा, बहिरङ्ग अन्तरङ्ग, आइसियु, प्रयोगशाला जाँच, शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरू अस्पतालले उपलब्ध गराउनेछ ।

उपचारका लागि अस्पताल लगिने कैदीबन्दीको सुरक्षा प्रबन्ध कारागार स्वयमले गर्नेछ । उक्त उपचार सेवालाई सहज बनाउन कारागारको तर्फबाट अहेव श्यामसिंह बोहरा र प्रदेश अस्पतालको तर्फबाट निर्देशक युवराज भुसाललाई फोकल पर्सन तोकिएको छ ।

उक्त सम्झौता पत्रमा कारागार कार्यालयका तर्फबाट कारागार प्रशासक सुभाश केसी. र प्रदेश अस्पतालका तर्फबाट निर्देशक युवराज भुसालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्र दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्लेको रोहवरमा आदान प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता