पृथ्वीराजमार्गमा भारतीय सवारी चालकलाई सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २४

पृथ्वीराजमार्ग भएर तनहुँ जिल्ला प्रवेश गर्ने भारतीय सवारीसाधनका चालकहरूलाई लक्षित गरी तनहुँमा विशेष ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा जिल्लाको आँबुखैरेनी र शुक्लागण्डकी क्षेत्रमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा भारतीय चालकहरूलाई नेपालको सडक अवस्था, ट्राफिक नियमको पालना तथा सडक सुरक्षाका उपायहरूबारे जानकारी गराइएको थियो ।

अन्य मुलुकका चालकहरू स्थानीय सडक संरचना र नियमबारे पूर्ण रूपमा जानकार नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले उनीहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममार्फत सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी र नियमबारे चालकहरूलाई सचेत गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ