फैसला कार्यान्वयन र अभद्र व्यवहार मुद्दाका ५ जना पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २५

जिल्ला प्रहरी कार्यालय तनहुँले फैसला कार्यान्वयन तर्फका फरार तथा चालु मुद्दाका प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार जारी गरेकोे प्रेस विज्ञप्ति अनुसार विभिन्न मुद्दामा अदालतबाट फरार रहेका र खोजी सूचीमा रहेका व्यक्तिहरूलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अदालतबाट लगत कसी हालसम्म फरार रहेका ३ जना पुरुष, १ जना महिला र अभद्र व्यवहारसम्बन्धी कसुरमा हालसम्म फरार रहेका १ जना पुरुष गरी कुल ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुमा ज्यान सम्बन्धी कसुरमा ३ महिना कैद र ५ हजार जरिवाना तोकिएका व्यास नगरपालिका–१ का ३ जना पुरुषहरू आफ्नै वडाबाट पक्राउ परेका छन् । त्यस्तै चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकिएकी म्याग्दे गाउँपालिका–५ की एक महिला रहेका छन् । त्यस्तै अभद्र व्यवहार (चालु) मुद्दामा १० हजार धरौटी तोकिएका व्यास नगरपालिका–१ का १ पुरुष रहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले