तनहुँ हाइड्रोद्वारा भिमादमा ५६.२ मिटर लामो ट्रस ब्रिज निर्माण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

तनहुँ जलविद्युत् आयोजनाद्वारा भिमाद नगरपालिका–५ स्थित फेदी खोलामा ५६.२ मिटर लामो स्टील ट्रस ब्रिजको निर्माण भईरहेको छ । स्थानीय सडक पहुँच र यातायात सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस पुलको ठेक्का सम्झौता २०८२ साल मंसिर २४ गते भएको आयोजनाले जनाएको छ ।

सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो पुल बनेपछि स्थानीय बासिन्दाको आवागमनमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । पुल निर्माणपछि भिमाद बजार, ऋषिङपाटन, जलबिरे, वाङटाङीटार, लदन, आमडाँडा र टुटुवा लगायतका बस्तीहरूलाई सीधा सडक सञ्जालमार्फत जोड्नेछ ।

त्यस्तै ऋषिङ गाउँपालिका वडा नम्बर ७ र ८ का पुरानो ऋषिङ तथा पाल्ट्याङलगायतका बस्तीका स्थानीयलाई भिमाद बजार र आसपासका क्षेत्रसम्म आवतजावत गर्न सहज हुनेछ । पुल सञ्चालनमा आएपछि भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकाबीचको सडक पहुँच, यातायात सम्पर्क तथा आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले