बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २६

बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य सेवालाई प्रभावकारी र सर्वसुलभ बनाउने उद्देश्यले गाउँपालिका र अस्पतालबीच हालै द्विपक्षीय सम्झौता भएको छ ।

सम्झौता पत्रमा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा र मनकामना अस्पताल प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बन्दीपुर गाउँपालिकाका नागरिक मनकामना अस्पतालमा उपचार गराउन गएमा अस्पतालको सेवामा २० प्रतिशत छुट पाउने भएका छन् । उक्त सेवामा ल्याब परिक्षण, बेड चार्ज, इससीजी, भिडियो एक्सरे, एक्सरे, इको तथा ओपिडी टिकट रहेका छन् ।

त्यस्तै डायलायसिस उपचार सेवामा १५ प्रतिशत, शल्यक्रिया, इम्प्लान्ट तथा सिटी स्क्यान को बिलमा १० प्रतिशत छुट तथा औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् । बन्दीपुर गाउँपालिकाबाट सिफारिश वा संस्थाको परिचयपत्र लिएर आउने बिरामीहरूले यो सुविधा प्राप्त गर्नेछन् ।

सम्झौता अनुसार गाउँपालिकाको माग अनुसार मनकामना अस्पतालले वार्षिक रूपमा कम्तीमा ३ देखि ४ वटा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । त्यसैगरि गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा आवश्यक परे अनुसार अस्पतालले विशेषज्ञ सेवाहरूसमेत उपलब्ध गराउनेछ ।

उक्त स्वास्थ्य सम्बन्धि सम्झौताले बन्दीपुरवासीलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पहुँच पु¥याउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले