बाँदरले टोकेमा देवघाटमा छैन रेबिजको खोप

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २

बाँदरले टोकेमा लगाउनुपर्ने आत्यवाश्यक रेबिजको खोप देवघाटमा छैन । बाँदरको टोकाईबाट देवघाटमा महिनामा २० भन्दा बढि सर्वसाधरण घाइते भई खोप लगाउन देवघाट धर्मार्थ अस्पताल आउने भएपनि अस्पतालले सबैलाई भरतपुर अस्पताल रिफर गर्छ । देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले देवघाटमा रेबिज खोप लगाउने दक्ष स्वास्थ्यकर्मी नभएको बताए ।

तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र रेबिजको खोप लगाउने हुँदा देवघाटमा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको बुढाथोकीले बताए । केही स्वास्थ्यकर्मीलाई रेबिज खोप सम्बन्धी तालिमको लागि गन्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा दुई वर्ष अघि नै सिफारिस गरेपनि त्यहाँबाट हालसम्म कुनै खबर नआएको बुढाथोकीले बताए । देवघाटमा बाँदरले टोकेको भन्दै आउने सबैलाई चितवनको भरतपुर अस्पतालमा रेफर गर्न बाध्य भएको बुढाथोकीले बताए ।

बुढाथोकीका अनुसार देवघाटमा रेबिजको खोपको लागि दक्ष जनशक्ति मात्र हैन, धर्मार्थ अस्पतालमा खोप भण्डारणकोलागि उचित प्रविधि र उपकरण पनि छैन । अव केही महिना भित्रैमा देवघाट गाउँपालिकाको आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि उक्त अस्पतालमा खोप भण्डारणको व्यवस्थापन गर्न सकिने र त्यसपछि मात्रै देवघाटमा रेबिजको खोप लगाउन सकिने बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले