देवघाट गाउँपालिका–५ का सुत्केरी महिलालाई यातायात खर्च वितरण

Devghat Online

शेयर गरौ

देवघाट । भदौ ४

देवघाट गाउँपालिका वडा नम्बर ५ ले वडाका दुर्गम तथा विकट क्षेत्रका विपन्न सुत्केरी महिलाहरूलाई लक्षित गरी यातायात खर्च वितरण गरेको छ । आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिहिवारबाट यातयात खर्च वितरण सुरु गरिएको हो ।

वडा भित्रका अति दुर्गम क्षेत्रहरू बगन्दी, सोलीघोप्टे, क्वादी, साडेंबगर र साउने लगायतका स्थानका विपन्न महिलाहरूलाई सुरक्षित प्रसूति सेवामा पहुँच पु¥याउने उद्देश्यले आर्थिक सहायता स्वरूप यो रकम दिन थालिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।

यसैक्रममा धर्मार्थ अस्पतालमा भर्ना भई सुत्केरी भएकी बगन्दी टोल निवासी दिलमाया भुजेललाई पहिलो चरणको कार्यक्रम अन्तर्गत रु. ५ हजार हजारको चेक प्रदान गरिएको छ । देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष पूर्ण बहादुर कुँवरले धर्मार्थ अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

सुत्केरी दिलमाया भुजेललाई उनकै निवास बगन्दीबाट सुरक्षित तरिकाले धर्मार्थ अस्पतालसम्म ल्याई भर्ना गराउन महिला स्वास्थ्य स्वयंसेविका एवं ५ नं वडा सदस्य कमला गुरुङले विशेष सहयोग गरेकी थिइन् ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकी, धर्मार्थ अस्पतालका इन्चार्ज भुवन सुवेदी, वडा नम्बर ५ कि वडा सचिव पविता खनाल लगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

वडाको यस कदमले दुर्गम क्षेत्रका महिलाहरूलाई स्वास्थ्य संस्थामा आएर सुरक्षित प्रसूति सेवा लिन प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक