व्यास बचत तथा ऋण सहकारीले खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ४

व्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, व्यास–३, दमौली, तनहुँले हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा व्यास नगरपालिका क्षेत्रभित्रका संघ–संस्थाहरूबीच खुला तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरपालिकाभित्र रहेका सहकारी, आमा समूह तथा टोल विकास संस्थाहरूलाई लक्षित गर्दै संस्थाले सो प्रतियोगिता गर्न लागेको हो ।

सहकारी संस्थाका सूचना अधिकारी विशाल बस्नेतका अनुसार प्रतियोगिता आगामी भाद्र १९ गते शुक्रबार (श्रीकृष्ण जन्माष्टमीको दिन) व्यास–३ स्थित अनसन चौतारीमा सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य विषयवस्तु ‘सहकारी र महिला सशक्तिकरण’ हुनेछ । प्रतियोगितामा सहभागिताकोलागि भाद्र १७ गते साँझ ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ता शुक्ल २५५ रुपैयाँ रहेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार, तेस्रो पुरस्कार. ५ हजार र सान्त्वना पुरस्कार २ समूहलाई प्रति समुह ३ हजार र सर्वोत्कृष्ट नृत्य उपहार एक जनालाई २ हजार रुपैयाँ प्रदान गरिने सहकारीले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक आमा समूह, टोल विकास संस्था तथा सहकारीहरूलाई समयमै संस्थाको कार्यालयमा उपस्थित भई समूह दर्ता गराउन सहकारीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ