तनहुँ । भदौ १०
घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।




घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको विशेष उपस्थिति रहेको थियो भने विभिन्न वडाका वडा अध्यक्षहरू तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमलाई गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, वडा नम्बर १ का वडा अध्यक्ष रविचन्द्र घोरासिनी, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

घिरिङ गाउँपालिकाका प.हे.नी.विष्णु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण तथा सञ्चालन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए । उक्त समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा भएका प्रगति, चुनौती र आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो ।













