बाढीको त्रासले आबुँखैरेनी र देवघाट क्षेत्रमा दिनभर उच्च सतर्कता

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १०

भोटेकोसी नदीमा आएको बाढीले त्रिशुली नदीमा भएको उच्च बहावको कारण बाढी आउन सक्ने त्रासले तनहुँको देवघाट क्षेत्रमा बुधबार दिनभर उच्च सतर्कता अपनाईएको थियो । बाढीले नदी तटिय क्षेत्रमा क्षती पु¥याउन सक्ने भएकोले तनहुँको आबुँखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाको नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाईएको थियो ।

जिल्ला प्रशासन कार्यालयले चितवन र काठमाडौं तर्फ जाने जुनसकै सवारी साधनलाई दिनभर आबुँखैरेनीमा नै रोकेको थियो भने चितवनबाट पश्चिम तर्फ जाने सवारी साधनलाई चितवन प्रहरीले रामनगर क्षेत्रमै रोकेको थियो । आबुँखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले नदी तटमा रहने नागरिकलाई सुरक्षित स्थानमा सर्न सचेत गराएको थियो ।

विशेष गरि देवघाटमा नदी किनारमा रहेका मठ मन्दिर, धर्मशाला, बृद्धाश्रमबाट सबैलाई सुुरक्षित स्थानमा सारिएको थियो । नदीको बाढी देवघाट आईपुग्दा करिब दिउँसो ३ बजेको थियो । तर पुर्वानुमान र माथिल्लो तटीय क्षेत्रमा पु¥याएको क्षती भन्दा नदी देवघाटसम्म आईपुग्दा बाढी कम भईसकेको थियो । तैपनि पुनः बाढी आउन सक्ने हुँदा तटीय क्षेत्रमा घर भएका नागरिकलाई केही समय सुरक्षित स्थानमै बस्न अनुरोध गरिएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ