बाढी पीडितलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरु एक्लो हुनुहुन्न, धैर्यधारण गर्नुस्

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ १०

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उनले मृतकहरूका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क र छिटो उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । आज सामाजिक सञ्जालमार्फत देशवासीका नाममा सन्देश दिँदै प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्रीका अनुसार हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ ।

‘अहिलेको प्राथमिकता भनेकै घाइतेको ज्यान जोगाउनु र बेपत्ता भएकाहरूको खोजी गर्नु हो,’ प्रधानमन्त्रीले भने, ‘आज रातभर पनि उद्धार कार्य जारी रहनेछ ।’

सरकारले काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या ९बेड० बाढी पीडितका लागि मात्रै छुट्याएको प्रधानमन्त्री शाहले जानकारी दएका छन् ।

साथै, प्रभावित क्षेत्रमै मेडिकल टिम र स्वास्थ्य सामग्री पठाइसकिएको उनले बताएका छन् । सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने प्रधानमन्त्रीको प्रतिवद्धता छ ।

बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइने तथा विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने पनि उनले वाचा गरेका छन् ।

शाहले लेखेका छन्, ‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु– यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ।’

यस्तो विपद्को बेला सबैजना एक ढिक्का हुन उनले आह्वान गरेका छन् । सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न प्रधानमन्त्रीको अनुरोध छ ।

‘हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काऔँ’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्