विपद्का नाममा आफूखुशी रकम संकलन नगर्न प्रशासनको आग्रह, सरकारी कोषमा मात्रै सहयोग गर्न अपिल

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ११

जिल्ला प्रशासन कार्यालय तनहुँले बाढी तथा विपद् प्रभावितका नाममा आफूखुशी आर्थिक सहयोग संकलन नगर्न र नगराउन सर्वसाधारण एवं विभिन्न संघ–संस्थाहरूलाई आग्रह गरेको छ । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

हाल घाइते तथा अलपत्र परेकाहरूको खोज, उद्धार र राहत वितरणको कार्य जारी रहेको प्रशासनले जनाएको छ । तर, यो महाविपत्तिको घडीमा केही व्यक्ति, समूह र संस्थाहरूले बाढी प्रभावितहरूको सहायताका नाममा आफूखुशी आर्थिक सहयोग संकलन गर्न थालेको र कतिपयले रकम उठाउन क्युआर समेत सेयर गरिरहेको गुनासो आएपछि प्रशासनले यस्तो अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी बाढी प्रभावितको नाममा जथाभावी रकम संकलन नगर्न/नगराउन र नेपाल सरकारले तोकेको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष बाहेक कुनै पनि अन्य संस्था वा व्यक्तिलाई रकम उपलब्ध नगराउन आग्रह गरेको छ । सरकारले तोकेको आधिकारिक कोषमा सहयोग गर्न चाहनेहरूका लागि विभिन्न बैंकका खाता नम्बरहरू समेत सार्वजनिक गरिएको छ ।

नेपाल सरकारद्वारा तोकिएका आधिकारिक बैंक खाता विवरणहरूमा हिमालयन बैंक लिमिटेड (खाता नम्बर ०१९०५६३१२१००४६२), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (खाता नम्बर ०१०१३२४३८०१/०२०१३२४३८०१३) राष्ट्रिय वाणिज्य बैंक (खाता नम्बर ११३०१००००३७६२००१/११३०१०००००००६००६४), एभरेस्ट बैंक लिमिटेड (खाता नम्बर ००१००१०५२००२७०/००१०११०२२०००१२५), नेपाल बैंक लिमिटेड (खाता नम्बर ००२११६००५१००३९०००००३/००२००१००५१००३९०००००१६), ग्लोबल आइएमई बैंक (खाता नम्बर ००४०१०१००००००५७/००४११०१०००००००५७), नबिल बैंक (खाता नम्बर १७१००१७५०५२८५८), कृषि विकास बैंक (खाता नम्बर ०१००२०१००२९०७०१४९), राष्ट्रिय वाणिज्य बैंक कोष (खाता नम्बर १४३०१०००००२५००६/१४३०१०००००११६४००१) रहेको छ ।

प्रशासनले विपद्को यो कठिन परिस्थितिमा गैरकानुनी वा अनधिकृत रूपमा रकम संकलन गर्ने कार्यलाई रोक्दै आधिकारिक माध्यमबाट मात्र सहयोग आदानप्रदान गर्न सम्बद्ध सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ