जेन्जी आन्दोलन र भोटेकोसी बाढीका मृतकहरूको सम्झनामा देवघाटमा श्रद्धाञ्जली कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

रामहरि पुडासैनी । देवघाट, भदौ २६

गत वर्षको जेन्जी आन्दोलन तथा गत भदौ १० गतेको भोटेकोसी नदीको बाढीमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न गलेश्वर आश्रम एवं वेद वेदाङ्ग संस्कृत विद्यापीठको आयोजनामा दीप प्रज्ज्वलन तथा विष्णुसहस्रनामस्तोत्र पाठ कार्यक्रम शुक्रबार साँझ आयोजना गरिएको छ ।

शुक्रबार कुशे औँसीको दिन गलेश्वर आश्रम स्थित सिद्धेश्वर शिवालय प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त अवसरमा दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन र धार्मिक पाठ गरिएको थियो ।

उक्त कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिश महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज सहित आश्रमका सन्चालक, विभिन्न आश्रमका सन्चालक, विभिन्न धार्मिक तथा अन्य संघ संगठनका प्रतिनिधि तथा विभिन्न गुरुकुलका बटुकहरुको सहभागिता रहेको थियो ।

तश्विरहरुः रामहरि पुडासैनी 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले