रामहरि पुडासैनी । देवघाट, भदौ २६
गत वर्षको जेन्जी आन्दोलन तथा गत भदौ १० गतेको भोटेकोसी नदीको बाढीमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न गलेश्वर आश्रम एवं वेद वेदाङ्ग संस्कृत विद्यापीठको आयोजनामा दीप प्रज्ज्वलन तथा विष्णुसहस्रनामस्तोत्र पाठ कार्यक्रम शुक्रबार साँझ आयोजना गरिएको छ ।




शुक्रबार कुशे औँसीको दिन गलेश्वर आश्रम स्थित सिद्धेश्वर शिवालय प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त अवसरमा दिवंगत आत्माहरूको चिर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन र धार्मिक पाठ गरिएको थियो ।

उक्त कार्यक्रममा गलेश्वर आश्रमका पिठाधिश महामन्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज सहित आश्रमका सन्चालक, विभिन्न आश्रमका सन्चालक, विभिन्न धार्मिक तथा अन्य संघ संगठनका प्रतिनिधि तथा विभिन्न गुरुकुलका बटुकहरुको सहभागिता रहेको थियो ।


तश्विरहरुः रामहरि पुडासैनी












