चितवनमा २ सय प्रहरी फिल्डमा , कडा सुरक्षा व्यवस्था !

Devghat Online

शेयर गरौ

चितवन,भदौ १-

चितवनको सुरक्षा व्यवस्था झन कडा पारेको चितवन प्रहरीले जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आज (आइतवार) देखि सुरक्षा व्यवस्था थप कडा पारिने बताएका छन् । उनले भने,‘हामीले अहिलेसम्म धैर्यता गुमाएका छैनौ,धैर्यता गुमाउनुपर्ने अवस्था आयो भने कसैलाई छाड्दैनौं ।’ उनले २ सय प्रहरी फिल्डका लागि तयारी अवस्थामा रहेको र बाँकी सुरक्षा फोर्स पनि तयारी अवस्थामा राखेको बताए ।

‘केही तत्वहरु घटनालाई थप उत्तेजित बनाउन खोजिरहेका छन्,उनले भने’,होटल पनि सर्च गर्छौ,संकास्पद लागे नियन्त्रणमा लिन्छौं ।’ उनले शान्तीपूर्ण धर्ना गर्न पाउने अधिकार रहेपनि जुलुस निकाल्ने र होहल्ला गर्नेलाई नछाड्ने चेतावनी दिए ।

शुक्रवार जिल्ला अदालत चितवनले न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेका साथै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न आदेश दिएको थियो । रवि लामिछानेका समर्थकले तीनदिन देखि निरन्तर प्रर्दशन गरिरहेका छन् । प्रर्दशनका क्रममा पटक पटक झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको एक होटलको कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो