कोरोना जित्ने ४६७ पुगे

Devghat Online

शेयर गरौ

नेपालमा हालसम्म ४६७ जनाले कोरोना भाइरस जितेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालको आइसोलेसनबाट थप १०२ जना घर फर्किको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सहसचिव डा. विकास देवकोटाले जानकारी दिए ।

देशभर अहिलेसम्म जम्मा ३ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आइसोलेसनमा अझै २ हजार ९६८ जना उपचाररत छन् । त्यसमध्ये प्रदेश दुईमा सबैभन्दा बढी छन् । मन्त्रालयले दिएको जानकारीअनुसार प्रदेश १ मा १६८ जना, प्रदेश २ मा ९७४ जना, बागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १०८ जना, प्रदेश ५ मा ९४४ जना, कर्णाली प्रदेशमा ६२१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जना आइसोलेसनमा छन् ।

हालसम्म नेपालमा ९६ हजार २०५ जनाको पीसीआर र १ लाख ४५ हजार ४९ जनाको आरडीटी परीक्षण गरिएका छन् । त्यसमध्ये पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ जनाको पीसीआर र ७ हजार ६ सय १४ जनाको आरडीटी परीक्षण गरिएका छन् ।

अझै पनि परीक्षणको पर्खाइमा क्वारेन्टिनमा १ लाख ७० हजार ७३२ जना छन् । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी छन् । क्वारेन्टिनमा रहेकामध्ये प्रदेश १ मा ४ हजार ३८८ जना, २ मा २२ हजार २३२ जना, बागमती प्रदेशमा ३ हजार १९५ जना, गण्डकी प्रदेशमा ५ हजार ३६३ जना छन् । त्यस्तै प्रदेश ५ मा ३९ हजार ८९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५७५ जना छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती