महिलाको स्वास्थ्यमा सरकार गम्भिर बन्नु पर्ने
२३ जेठ, काठमाडौं
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले लकडाउनको स्वरुप परिेवर्तन गर्न माग गरेकी छिन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समयमा आफ्नो धारण राख्दै सांसद न्यौपानले लकडाउन लम्बिदै जाँदा आर्थिक गतिविधि सन्चालन गर्न नपाउँदा जनजिवन कष्टकर हुने अवस्था आएको हुँदा लकडाउनको स्वरुप परिवर्तन गर्नु पर्ने बताईन् ।
तराई क्षेत्रको लकडाउन अझ कडाई गरि पाहाडमा निश्चित नियमहरु बनाएर लकडाउन केही खुकुलो बनाउनु पर्ने बताईन् । भारतबाट संक्रमीतहरु अझ धेरै आउने क्रम सुरु भएको हुँदा संक्रमितको संख्या अझ धेरै थपिने अवस्था आउने सांसद न्यौपानेले बताइन् ।
अव बोर्डर क्षेत्रमै पिसिआर टेष्ट गर्ने र बोर्डर क्षेत्रमै क्वारेन्टिन राख्नु पर्ने उनको माग थियो । आरडिटीले मात्र कोरोनाको संक्रमितको पुष्टि नहुने हुँदा सबैको पिसिआर नै गरिनु पर्ने उनको भनाई थियो । स्वास्थ्य क्षेत्रमा संकटकाल नै घोषणा गरेर भएपनि व्यवस्थापन गर्नु पर्ने उनको भनाई थियो ।
लकडाउनका कारण सुत्केरी तथा गर्भावस्थाका महिलाहरुको स्वास्थ्यमा समस्या आएको, उपचार नपाएर कतिपयको ज्यान समेत गएको विषयमा राज्यको ध्यान जान जरुरी छ, महिलाको प्रजनन स्वास्थ महिलाको मात्रै सवाल होईन , सम्बन्धित परिवारको मात्रै पनि सवाल होईन यो सिङ्गो देशको सवाल हो, राज्यको सवाल हो त्यसैले यस विषयमा राज्य संवेदनशी बन्न पर्छ भन्दै सांसद न्यौपानेले राष्ट्रिय आपतकालीन कोष निर्माण गर्न सरकारसँग माग गरेकी थिईन् ।
सांसद न्यौपानेले स्कुल, कलेज जान नपाएका कारण धेरै विद्यार्थीहरु डिप्रेशनको शिकार हुन सक्ने संकेत देखिएकाले उक्त विषयको समाधान खोजिनु पर्छ भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिईन् ।