३१ जेठ, काठमाडौं
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले कालापानी, लिपुलेक र लिम्पियाधुरा हिजो पनि नेपालकै भएकाले र भोलिका दिनमा पनि नेपालकै हुने बताएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानमा संशोधन पछि सांसद श्रेष्ठले सन्चारकर्मीसँग भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हिजो हाम्रै थियो, आज छ र भोलि पनि हाम्रै रहनेछ ।’
सांसद श्रेष्ठले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै स्वामित्वमा ल्याउनकालागि समग्र नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो अवसरमा
धन्यवाद दिएका छन् । भारतले गलत नक्सा बनाएपनि यसअघि सच्याउने प्रयत्न नभएकोमा अहिले यो ऐतिहासिक उपलव्धी हासिल गर्ने काम भएको सांसद श्रेष्ठले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अदम्य शाहस, दृढ संकल्प, इच्छाशक्तिका कारण अहिले नक्सा सच्चिएको भन्दै सांसद श्रेष्ठले अब हामीले जग्गा फिर्ता ल्याउने कुरा होइन, अनाधिकृत रुपमा बसेका भारतीय सेना हटाउनेतर्फ लाग्नु पर्ने बताए ।
नक्सा संशोधन गर्ने संसदमा प्रतिनिधित्व गर्ने महान अवसर प्रदान गरेकोमा तनहूँ क्षेत्र नम्बर १ का आम जनता र मतदाता प्रति सांसद श्रेष्ठले आभार व्यक्त गरेका छन् ।
व्यास नगरपालिकाद्वारा दुम्सीमा कृषि उपज सङ्कलन केन्द्रको सञ्चालन
दमौली, माघ १ व्यास नगरपालिकाले वडा नम्बर–१० को दुम्सीमा कृषि उपज सङ्लन तथा बिक्री केन्द्र