कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको थियो, नेपालकै रहनेछः सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

३१ जेठ, काठमाडौं
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले कालापानी, लिपुलेक र लिम्पियाधुरा हिजो पनि नेपालकै भएकाले र भोलिका दिनमा पनि नेपालकै हुने बताएका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानमा संशोधन पछि सांसद श्रेष्ठले सन्चारकर्मीसँग भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हिजो हाम्रै थियो, आज छ र भोलि पनि हाम्रै रहनेछ ।’
सांसद श्रेष्ठले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै स्वामित्वमा ल्याउनकालागि समग्र नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो अवसरमा
धन्यवाद दिएका छन् । भारतले गलत नक्सा बनाएपनि यसअघि सच्याउने प्रयत्न नभएकोमा अहिले यो ऐतिहासिक उपलव्धी हासिल गर्ने काम भएको सांसद श्रेष्ठले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अदम्य शाहस, दृढ संकल्प, इच्छाशक्तिका कारण अहिले नक्सा सच्चिएको भन्दै सांसद श्रेष्ठले अब हामीले जग्गा फिर्ता ल्याउने कुरा होइन, अनाधिकृत रुपमा बसेका भारतीय सेना हटाउनेतर्फ लाग्नु पर्ने बताए ।
नक्सा संशोधन गर्ने संसदमा प्रतिनिधित्व गर्ने महान अवसर प्रदान गरेकोमा तनहूँ क्षेत्र नम्बर १ का आम जनता र मतदाता प्रति सांसद श्रेष्ठले आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध