३१ जेठ, काठमाडौं
राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले नेपालको वास्तविक नक्सा परिवर्तन सम्बन्धि संविधानको अनुसुची संशोधन भएकोमा नेपाली जनता प्रति सम्मान व्यक्त गरेकी छिन् । शनिबार प्रतिनिधि सभाको बैठकले सर्वसम्मतरुपमा नक्सा सम्बन्धी संविधानको अनुसुची संशोधन प्रस्ताव सर्वसम्मतका साथ पारित गरेकोमा गौरवान्वित भएको सांसद न्यौपानेले बताईन् ।
नक्सा परिवर्तन सम्बन्धि संशोधन प्रस्ताव पारित भएपछि सामाजिक सन्जालमा लेख्दै सांसद न्यौपानेले यो अवसरमा देशभक्त नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै नेपाल सरकार, सबै राजनीतिक दल एवं माननीय सांसदहरुमा धन्यवाद समेत दिएकी छिन् ।

म्याग्देमा ७५८ जना किशोरीलाई एचपिभि खोप दिईने
दमौली, माघ २४ म्याग्दे गाउँपालिकाका ७५८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप दिईने