६ विद्यालयमा कम्प्युटर सामाग्री हस्तान्तरण

Devghat Online

शेयर गरौ

६ असार, दमौली
तनहूँका ६ वटा सामुदायीक विद्यालयमा कम्प्युटर सामाग्री प्रदान गरिएको छ । सुचना तथा सन्चार प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल दुर सन्चार प्राधिकरणबाट प्राप्त ति सामाग्रीहरु शनिबार दमौली आईपुगेको थियो ।
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा ति सामुदायीक विद्यालयमा कम्प्युटर ल्याव सन्चालनकोलागि प्रत्येक विद्यालयमा ४० लाख रुपैयाँ बराबरको कम्प्युटर सामाग्रीहरु उपलब्ध गराईएको हो ।


सामाग्री उपलब्ध गराईएका विद्यालयमा व्यास १ को निर्मल मावि, व्यास १० को सर्वज्योती मावि, भानु ११ को त्रिभुवन मावि, भानु २ को शारदा शिक्षा सदन मावि, बन्दिपुर २ को भानु मावि र देवघाट २ को कालीगंगा मावि रहेकाछन् । ति मध्ये केही विद्यालयमा शनिबार नै ति सामाग्रीहरु हस्तान्तरण भईसकेको छ । सांसद श्रेष्ठको स्वकिय सचिवालयका सचिव अनिल पाण्डेले शनिबार व्यास नपा १० स्थित सर्वज्योती माविमा उक्त सामाग्रीहरु हस्तान्तरण गरे ।
सो अवसरमा विद्यालयका अध्यक्ष मदन तिमल्सेनाले कम्प्युटर सामाग्री उपलब्ध गराउन विशेष भुमिका खेल्ने सांसद श्रेष्ठ लगायतलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरका विभिन्न योजनामा बजेट माग्दै अध्यक्षको टोली मन्त्रालयमा

तनहुँ । चैत १३ बन्दीपुर गाउँपालिकाका विभिन्न योजनामा बजेट माग्दै गाउँपालिकाका अध्यक्षको टोली काठमाडौंका विभिन्न

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक