‘घर÷घरमा खानेपानी आउँदा सपना जस्तै लाग्यो’

Devghat Online

शेयर गरौ

असार ७, देवघाट
तनहूँको देवघाट गाउँपालिका–३ स्थित नाल्बुङ गाउँकी गोमा गुरुङको दैनिकी पानी बोकेर सुरु हुन्थ्यो र पानी बोकेरै सकिन्थ्यो । विहानै उठेर एक घन्टा टाढाको कुवाबाट पानी ल्याउँने उनको दैनिकी बनिसकेको थियो । एक गाग्री पानी लिन जान–आउन दुई घन्टा लाग्ने सो गाउँका महिलाहरु दिनमा दुई÷तिन पटक पानी लिन जाँदा दिन नै सकिन्थ्यो । पटक–पटक कुवा धाएर ल्याएको पानीले खाना बनाउने, गाईबस्तुलाई खुवाउने, भाँडा माझ्ने, कपडा धुने कामको लागि एक पटकमा दुई घन्टा लगाएर पानी ल्याउनु उनीहरुकोलागि सामान्य बनिसकेको थियो ।
घरमै खानेपानीको धारा आउने कल्पना नगरेकी गोमालाई अहिले सपना जस्तो लागेको छ । अहिले घर÷घरमा खानेपानीको धारा आउँदा गोमा मात्रै हैन सो गाउँका सबै जनतालाई सपना जस्तै लागेको छ । ‘खुसीले भुईमा खुट्टा नै छैन’ स्थानीय श्रीमाया विकले भनिन् ‘घरमै धारा आउँदा अहिले सपना पुरा भएको जस्तै लागेको छ ।’ ‘सोच्दै नसोचेको काम भयो’ गोमाले भनिन् ‘अब त सुखका दिन आउन थाले कि जस्तो भइरहेको छ ।’


देवघाट गाउँपालिकासँगको सहकार्यमा चितवनको नारयणगढ स्थित नारयणगढ रोटरी क्लवले चार महिनाको प्रयासमा नाल्वुङ गाउँमा खानेपानी सुविधा पु¥याएको हो । २०७६ माघ २८ गते बाट शुरु गरिएको नाल्बुङ खानेपानी तथा सरसफाई योजना मार्फत गाउँका ४९ घरमा खानेपानीको सुविधा पु¥याईएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । बन्दाबन्दीको समयमा पनि निरन्तर काम भएको कारण समयमै योजना पुरा भएको अध्यक्ष थापाले बताए ।
सो खानीपानी योजना सम्पन्न गर्न देवघाट गाउँपालिकाले २० लाख, नारायणगढ रोटरी क्लवले ५ लाख ४० हजार र स्थानीयवासीको लागत सहभागिता ६ लाख ७६ हजार २ सय ४७ रुपीयाँको लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।
गाउँदेखी करिब तिन सय मिटर तल रहेको मुहानबाट पम्पको सहायताले पानी तानिएको छ । पानी तान्नका लागि २८ वटा पातासहितको सोलार प्रणाली जडान गरिएको छ । १६ हजार लिटरको भण्डारण ट्यांकी निर्माण गरेर ४९ वटा धाराहरुमा पानी पु¥याइएको खानेपानी योजनाका इन्जिनियर गुणेश्वर महतोको जानकारी दिए ।
जनजाती तथा दलित समुदायको बाक्लो बसोबास रहेको विकट सो गाउँमा खानेपानीको समस्या रहेको बारेमा जानकारी पाएपछि गाउँपालिकासँग सहकार्य गरि योजना सन्चालन गरिएको नारायणगढ रोटरी क्लवका अध्यक्ष सुशनलाल प्रधानले बताए । क्लवका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले खानेपानी जनताको पहिलो आधारभुत अधिकार भएको र सो सुविधा नपुगी अन्य विकासको अर्थ नरहने भएकाले खानेपानी योजनामा सहयोग गरेको बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले खानेपानीको ठूलो समस्या भए पनि बजेटको अभावमा योजना पुरा गर्न नसक्दा रोटरी क्लवले साथ दिएको बताए । योजनाकोलागि प्रदेश सरकारसँग बजेट माग गरेपनि नपाएको भन्दै उनले रोटरी क्लवले साथ दिने भएपछि सामुदायिक भवन र विद्यालय भवन निर्माणकोका लागि छुट्टाइएको बजेट रकमान्तर गरेर खानेपानी योजना पुरा गरिएको अध्यक्ष थापाले बताए ।
नाल्वुङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गुरुङले विगतमा गाउँ नजिकै भएको खानेपानीको मुहान २०७२ को भुकम्पको कारण सुकेपछि स्थानीयले धेरै दुःख पाएको बताए । अव भने घर आँगनमै खानेपानी सुविधा आएपछि गाउँलेहरु निकै खुसी भएको गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा देवी प्रतिभाको आगमन, हजारौं दर्शनार्थीद्वारा स्वागत

देवघाट, माघ १ लोकप्रिय कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) देवघाटधाममा मंगलबारबाट सन्चालित देवघाट महा–महोत्सव

घिरिङ गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी चन्द्रज्योती माविलाई

अन्जान परियार । घिरिङ, पुस २९ घिरिङ गाउँपालिकाको आयोजनामा भएको अन्तर बिद्यालय स्तरीय छैठौं राष्ट्रपती