कोरोनाबाट बच्न एकिकृत लडाई आवश्यक ः अध्यक्ष थापा
८ असार, देवघाट
देवघाट गाउँपालिकाको छैठौं गाउँ सभा सोमबार सुरु भएको छ । अधिवशेनको पहिलो दिन गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आगामी आर्थिक वर्ष ०७७÷७८ को लागि गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सो अवसरमा बोल्दै अध्यक्ष थापाले कोरोनाबाट बच्न सबै राजनीतिक दल, संघ संस्था, सामुदायीक वन, गैसस लगायत सबैको एकिकृत लडाई आवश्यक भएको बताएका छन् ।
नीति तथा कार्यक्रममा कोभीड–१९ बाट प्रभावितहरुलाई राहत, विदेशबाट रोजगार गुमाएका नागरिकलाई गाउँमै स्वरोजगार र उद्यम विकास, पुर्वाधार निर्माण, सुरक्षित खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुँदलाई प्राथमिकतामा राखिएको छ ।
कोभिडको कारण बिदेशबाट अहिलेसम्म ९० जना नागरिकहरु रोजगार गुमाएर घर फर्केको हुँदा उनीहरुलाई गाउँमा नै स्वरोजगार बनाउन सिप मुलक तालिम दिने र उद्यमशिल बनाउने गाउँपालिकाका अध्यक्ष थापाले बताए । कोरोनाको कारण गाउँपालिकाको आन्तरिक आम्दानी निकै घटेको र यसले खर्च धान्न पनि मुस्किल भएको हुँदा आगामी वर्ष सामुदायीक वनको आम्दानीको हिस्सा लिएर विकास निर्माण र खर्च धान्ने नीति रहेको अध्यक्ष थापाले बताए ।
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड १९ जस्ता विपद तथा महामारीको बारेमा जनचेतना र सचेतना तथा एकिकृत कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । कोभिड १९ को विश्वव्यापी संक्रमणले यस गाउँपालिकामा सिर्जना गरेको असहज परिस्थितिलाई पहिचान गरी सम्बोधन गर्ने तथा कोभिड १९ लगायत सबै प्रकारका महामारी र विपदबाट नागरिक जीवनको रक्षा गर्दै आर्थिक तथा सामाजिक विकासलाई निरन्तरता दिने नीति तथा कार्यक्रमको उदेश्य रहेको छ ।
त्यसैगरि सिंहदरबरको अधिकार घर÷घरमा भन्नुको तात्पर्य सरकारी सेवाहरु सबैको घर आँगनमा पुग्नु नै हो भन्ने तथ्यलाई मनन गर्दै जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासमा जनतासँग सीधा सम्पर्क तथा गाउँपालिकाका सेवाहरु जनताको घर आँगनमा जस्ता सेवामैत्री कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । आय आर्जनका अवसर, रोजगारी तथा गरिबी निवारणको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपालन, सहकारी, श्रम प्रधान सार्वजनिक निर्माण, आयोजना तथा स्वरोजगार कार्यक्रमहरुमा जोड दिने, कोरोना भाइरस (कोभिड १९) को महामारीबाट देवघाट गाउँबासी आम नागरिकलाई सुरक्षित राख्न, महामारीको प्रभावकारी रुपमा रोकथाम, नियन्त्रण तथा उपचारमा उच्च प्राथमिकता दिने साथै त्यसबाट प्रभावित क्षेत्रलाई उचित व्यवस्थापन गर्ने, आर्थिक विकास तर्फ कृषि विकास एवं व्यावसायिक कृषि प्रणालीलाई उच्च प्राथमिकता दिईउद्योग धन्दा एवं कल(कारखानाहरु,आन्तरिक तथा वाह्य पर्यटन सम्बन्धि प्रवर्द्धनात्मक कार्यक्रमहरु अगाडी वढाउनुका साथै सहकारी एवं वित्तिय क्षेत्रहरुलाई यस तर्फ आकर्षित गरी गाउँपालिकावासीको आयस्तरमा वृद्धि हुने प्रकृतिका कार्यक्रमहरु संचालन गर्ने नीति रहेको अध्यक्ष थापाले बताए ।
सामाजिक विकास अन्तर्गत शिक्षा,स्वास्थ्य, खानेपानी तथा सरसफाई जस्ता आधारभूत विषयलाई उच्च प्राथमिकतामा राख्दै लोक संस्कृति साहित्य एवं परम्परालाई जर्गेर्ना गर्नुका साथै युवा वर्गलाई उद्यमशीलता,खेलकुद एवं मनोरञ्जन तर्फ आकर्षित गरी विकासको मूल प्रवाहमा ल्याउने नीति रहेको छ भने गाउँपालिकाका सवै गतिविधिहरुमा लैंगिकतथा सामाजिकसमावेशीकरणलाई आधारमानी प्राथमिकताका साथ कार्यक्रमहरु संञ्चालन गर्ने, विगतका वर्षहरु र चालु वर्षमा अधुरा रहेका योजना तथा कार्यक्रमहरुलाई पूरा गर्न उच्च प्राथमिकिकरण दिने, तथा कार्यक्रमलाई चालु आ.वका महत्वपूर्ण नीति तथा कार्यक्रम पूरा हुने गरि निरन्तरता दिने र अन्य नीति तथा कार्यक्रमहरु थप गर्ने पनि अध्यक्ष थापाले जनाए ।
दिगो भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिई भवन निर्माण तथा शहरी विकास सम्बन्धी मापदण्डको मर्म अनुरुप सु व्यवस्थित बस्ति विकासमा जोड दिने, वातावरण संरक्षण तथा विपद व्यवस्थापनलाई योजनाबद्ध रुपमा अगाडी बढाउने, संस्थागत विकास,सेवा प्रवाह र सुशासन अन्तर्गत कार्यालयको नियमित कार्यहरु व्यक्तिगत घटना दर्ता गर्ने कार्य,कार्यालयको अभिलेख व्यवस्थापन गर्ने कार्य,विविध क्षेत्रगत तथ्यांक संकलन गर्ने कार्य सूचना प्रविधिको प्रयोग एवं प्रवर्द्धन गर्ने जस्ता दैनिक सेवा प्रवाहसँग जोडिएका कार्यहरुलाईसहज,सुलभ,पारदर्शी र सवैको पहुँचमा रहने गरी सुधार गर्दै त्यसलाई संस्थागत गराउँदै लैजाने र गाउँको सुरक्षा व्यवस्था र अन्य विविध अनुसन्धान एवं विकासका सम्भावनाहरुलाई सम्बन्धित पक्षहरुसँग समन्वय गरी अगाडी बढाउने देवघाटको नीति रहेको छ । विस्तृत योजना प्रतिवेदन भएका योजनाहरुलाई प्राथमिकता दिई एक वर्षमा पूरा हुन नसके बहुवर्षिय योजनाको रुपमा बजेट योजनालाई निरन्तरता दिने र प्रदेश र संघीय सरकारको सहयोगमा योजना पुरा गर्ने पनि गाउँपालिकाले जनाएको छ ।
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड १९ को विश्वव्यापी संक्रमणले सिर्जना गरेको जनस्वास्थ्यको चुनौतीलाई व्यवस्थापन गर्न सक्ने क्षमताको विकास गर्ने, कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारलाई प्रभावकारी बनाउन विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउने भएको छ । क्वारेन्टाइनमा राख्नुपर्ने संख्या वृद्धि हुँदै गएमा थप क्वारेन्टाइनको निर्माण गर्ने योजना बनाएको छ । कोभिड १९ को निंशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिने तथा कोभिड १९ को माहामारी तथा यस पछि पनि आउन सक्ने अन्य महामारी विरुद्ध लड्न स्वास्थ्य संस्थाहरुलाई सुदृढ गर्ने नीति लिएको छ । महामारीबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा औषधी, स्वास्थ्य सामाग्री तथा व्यक्तिगत सुरक्षा सामाग्री सहित उपकरणको उचित व्यवस्था गर्ने, स्वस्थ नागरिक अमूल्य सम्पत्ति कार्यक्रम सञ्चालन गरी स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्ने, स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय गनाउन गाउँपालिका स्वास्थ्य नीति, कानून र मापदण्ड तर्जुमा गरीने नीति रहेको छ । देवघाट स्वास्थ्य चौकीको स्तरवृद्धि गरी १५ शैयाको अस्पताल बनाउनको लागि नेपाल सरकारबाट स्वीकृति भईसकेको अवस्थामा आगामी आ.व.मा अस्पताल स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालको सुदृढीकरण गरी श्रोत साधन सम्पन्न बनाइने, स्वास्थ्य कार्यक्रम तर्फ प्राथमिक स्वास्थ्य सेवा कार्यक्रम क्षयरोग नियन्त्रण कार्यक्रम, परिवार कल्याण कार्यक्रम, मातृ तथा नवशिशु कार्यक्रम, एकिकृत वाल स्वास्थ्य एवं पोषण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, अस्पताल निर्माण सुधार तथा व्यवस्थापन सुचना प्रणाली, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र कार्यक्रम, उपचारात्मक सेवा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
क्यान्सर, मुटु, मृगौला आदिको उपचारको लागि विपन्न गरिब बिरामीलाई आर्थिक सहायता दिने नीतिलाई निरन्तरता दिने, सर्ने र नसर्ने रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि एकिकृत जनस्वास्थ्य प्रबर्द्धन कार्यक्रम सञ्चालन गर्ने, आधारभूत स्वास्थ्य सेवाको सुनिश्चिततको लागि अत्यावश्यक औषधी, स्वास्थ्य उपकरण तथा सामाग्री आपूर्तिको व्यवस्था मिलाउने, आवश्यकता अनुसार स्वास्थ्य शिविर संचालन गर्ने, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहितगरी उचित परिचालन गर्ने, पूर्ण स्वास्थ्य विमा अनिवार्य गराउने र आर्थिक रुपमा विपन्न वर्गलाई गाउँपालिकाको तर्फबाट विमा शुल्क तिर्ने कार्यक्रमलाई निरन्तरता दिने, ािगरिकहरुको उपचारकोलागि विभिन्न अस्पताल र अन्य संघ संस्थासँग समन्वय गर्ने नीति रहेको छ ।
सुनौलो हजार दिन कार्यक्रमको प्रचार प्रसार गर्ने र २० वर्ष पछि मात्र बच्चा जन्माउने मान्यताको अभिमुखिकरण गराइने नीतिलाई निरन्तरता दिने। गर्भवती महिलाको पति, सासु, ससुराको लागि गर्भवती महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिने र प्रत्येक महिनाको १ पटक गर्भवती महिला स्वास्थ्य चौकी आएर स्वास्थ्य परिक्षण गराउँदा १ सय रुपैंया खाजा खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने, देवघाट क्षेत्र विकास समितिको सभाहलमा नियमित योग र ध्यान शिविर सञ्चालन गर्ने, यस क्षेत्रमा आर्युर्वेद औषधालय, प्राकृतिक उपचार पद्धतितथा अन्यस्वास्थ्य क्लिनीकहरुको विकास, विस्तारमा आवश्यक सहयोग पु¥याउने नीति रहेको गाउँपालिकाले जनाएको छ ।
त्यसैगरि आमा सुरक्षा कार्यक्रमलाई सेवामूलक रुपमा अगाडि वढाउने, ५ वर्षमुनिका वच्चाहरुलाई पूर्ण खोप कार्यक्रम व्यवस्थापन गर्ने, क्षयरोग तथा कुष्ठरोगका विरामीहरु पहिचान गरी कार्यक्रममा सहभागी, परिवार नियोजन सम्बन्धि अस्थायी तथा स्थायी साधनका वारेमा कार्यक्रम संचालन गरीनेछ । परिवार नियोजन सम्बन्धि पुरुष स्थायी वन्ध्याकरण क्याम्प आवश्यकता अनुसार संचालन गर्ने, २४ सै घण्टा सन्चालन गर्ने गरि प्रसुती गृहलाई सुविधा सम्पन्न बनाउने तथा अस्पताल र स्वास्थ्य चौकीहरु ३ सय ६५ दिन नै खुला राखिनेछ र सबै दिन नै स्वास्थ्य सेवाहरु प्रवाह गरीनेछ ।
कोभिड १९ को जोखिम बढ्दै र लम्बिदै गएको वर्तमान अवस्थामा विदेशबाट आएका व्यक्तिहरुलाई आफ्नै घर परिवार नजिक बस्न र पारिवारिक हेरचाहको वातावरण मिलाउन एक वडा एक क्वारेन्टाइनको व्यवस्था गर्ने भएको छ । जस अन्तर्गत वडा नम्बर १ को पार्वती मावि, वडा नम्बर २ को कालीगंगा मावि, वडा नम्बर ३ को गोरखा कालिका आधारभुत विद्यालय वडा नम्बर ४ को राष्ट्रिय आधारभूत विद्यालय र वडा नम्बर ५ कालिका माविमा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । क्वारेन्टाइनमा बस्नेहरुको खाना र आवासको व्यवस्था निजको घर परिवारले गर्नुपर्नेछ भने गाउँपालिकाको स्वास्थ्य चौकीबाट ज्वरो नाप्ने तथा आवश्यक स्वास्थ्य सम्बन्धी सहयोग हुने जनाईएको छ । क्वारेन्टाइनमा बसेका तथा अबदेखि विदेश नगई गाउँमा बस्न चाहनेहरुलाई गाउँपालिकाबाट सकारात्मक सोच सम्बन्धी तालिम, योग ध्यान, व्यवसायिक सिप, तालिम, कृषि अनुदान र प्राविधिक सहयोग, उद्यम विकास तालिम दिइने भएको छ ।
कृषि तथा पशु पंक्षी तर्फ गाउँपालिकाले कोभिड १९ को संक्रमण र बन्दाबन्दीले आर्थिक मन्दीको अवस्थामा सुधार ल्याउन कृषि तथा पशुपंक्षीको क्षेत्रको उत्पादनलाई प्रोत्साहन गर्ने “कृषिका लागि सिंचाई” कार्यक्रम सञ्चालन गरी सुख्खा एवं बाँझो जग्गामा कृषिलाई प्रोत्साहन गरी कृषि उत्पादन र उत्पादकत्व बढाउने नीति लिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन गर्ने तथा आगामी आ.व मा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरीने अध्यक्ष थापाले जानकारी दिए ।
कृषि जमिन बाँझो रहन नदिने विगत वर्षको नीतिलाई निरन्तरता दिई प्रभावकारी कार्यान्वयन गर्ने, वडा कार्यालयबाट त्यस्ता खाली र पर्ती जग्गाको लगत लिने, तत्कालै उत्पादन नदिने जस्तै फलफूलहरुको लगि प्राविधिक, सहयोग, मल, बीउ, भिटामिन, तालिमको व्यवस्था गर्ने, एक वडा एक नमूना गाउँ कार्यक्रम सञ्चालन गर्ने, आवश्यकता अनुसार पशु स्वास्थ्य शिविर र माटो जाँच शिविर सञ्चालन गर्ने, चालु आर्थिक वर्षको बाख्रा पालन पकेट क्षेत्रलाई प्रभावकारी बनाई सम्भाव्यताको आधारमा थप बाख्रा पालन पकेट क्षेत्र बनाउने तथा गाउँपालिकालाई नै बाख्रा पकेट क्षेत्रमय बनाइने नीति रहेको छ ।
कृषिलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्न एक गाउँ एक उत्पादन तथा पकेट क्षेत्रको विकास गर्ने नीति लिइने भएको छ । तरकारी तथा फलफूल पकेट क्षेत्र बनाउने र अन्न बालीको उत्पादनको वृद्धिलाई पनि जोड दिइने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषि नीति तथा योजना र आवश्यकता अनुसार निर्देशिका तर्जुमा गरीने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गरीने, टोल विकास, क्लव, समुह, संघ संस्था र कृषि सहकारी मार्फत सामुहिक खेतीलाई प्रोत्साहन गरीने, हाल भइरहेको फलफूलको साना विरुवाहरुको लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउने, हानीकारक किटनाशक औषधीको अत्याधिक प्रयोग गरी कृषि उत्पादन गरिने वर्तमान प्रवृतिलाई निरुत्साहित गरी यसका लागि समूहमा अर्गानिक खेति गर्ने किसान समुह, सहकारीलाई जैविक मल बनाउने तालिम, विउमा अनुदान एवं अर्गानिक उत्पादनको पहिचान सहित बजारीकरणमा सहयोग गरि चालु आ.व. को नीतिलाई आगामी आ.व.मा पनि निरन्तरता दिइने, कृषिका लागि सिंचाई कार्यक्रम सञ्चालन गरी नहर एवं कुलोहरुको मर्मत संभार गर्ने, सोलार सिंचाईतथा थप कृषि सिंचाई योजना तथा कार्यक्रमलाई बजेट व्यवस्था गरीने नीति रहेको छ ।
त्यसैगरि वडागत रुपमा कृषि प्राविधिकको व्यवस्था गरीने, कृषि क्षेत्रमा गैरसरकारी संस्था परिचालन गरीने नीति रहेको छ । देवघाट वसपार्क छेऊमा कृषि तथा पशु हाट बजारलाई निरन्तर रुपमा सञ्चालन गरीने, किसानको लागत मूल्य प्राप्तिको सुनिश्चितताको लागि बाली तथा पशुपंक्षी बीमामा सहजिकरण गर्दै अभियानको रुपमा अगाडी बढाइने, कृषि क्षेत्रको उत्पादन लागत कम गर्ने अन्य उपाय तथा प्रविधिको अध्ययन गरी सोही अनुसार सहयोग गरीने, एकिकृत कृषि विकास कार्यक्रम अन्तर्गत सिंचाई, मल, बीऊ, किटनाशक औषधी पूँजी, प्रविधि, उत्पादिन वस्तुको भण्डारण र प्रशोधन र बजारलाई सँगसँगै अगाडी बढाउन अध्ययन, अनुसन्धान, सहयोग र समन्वय गरीने नीति रहेको छ ।
बाँझो जग्गाहरुको एकिकृत तथ्याङ्क संकलन गरी सो को पूर्ण उपयोगको व्यवस्था मिलाउन भूमि बैंकको अवधारणा कार्यान्वयन गरीने, पशुंक्षी स्वास्थ्य प्रयोगशालाको स्थापना पनि गरिने भएको छ । आगामी आ.व. भित्र कृषि क्षेत्रमा आत्म निर्भरता वस्तु र निर्यातजन्य वस्तुको घोषणा गरीने भएको छ । पशुपंक्षी अनुसन्धान केन्द्र देवघाट १ कोटा र कृषि अनुसन्धान केन्द्र कोटवैदी देवघाट २ लाई आगामी आ.व.मा सञ्चालनमा ल्याइने भएको छ । उत्पादन अत्याधिक वृद्धिको गर्नको लागि मलखाद व्यवस्थापन कार्यक्रम सञ्चालन गरीने, उत्पादित कृषि वस्तुहरुको मूल्य अद्यावधिक सूचनाको लागि देवघाट ३ सहकारी भवनमा मूल्य सूचना प्रणाली स्थापनाको लागि सम्बन्धित निकायहरुसँग समन्वय गरीने भएको छ । पायक पर्ने स्थानमा व्यवसायिक कृषकहरुको उत्पादनमा स्वास्थ्य प्रतिसपर्धाको लागि कृषि, मेला र महोत्सव र प्रतियोगिताहरु सञ्चालन गरीनेछ । श्रमलाई सम्मान गरौं भन्ने नारालाई व्यापकता दिइनेछ र श्रमको सम्मान, देवघाट गाउँपालिकाको अभियान कार्यक्रम सञ्चालन गरीने भएको छ । खाडल खन्ने र मल राख्ने काम गर्ने कृषकलाई सुन्तला लगायतका फलफूलका विरुवा निस्शुल्क उपलब्ध गराईने भएको छ भने प्रदेशसँग समन्वय गरी कृषि वाली तथा पशुपंक्षीको वीमामा अनुदान उपलब्ध गराइने नीति रहेको छ ।
गाउँ सभा अन्तर्गत आगामी असार १० गते आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गरिने भएको छ भने नीति तथा कार्यक्रम र बजेट माथी आगामी असार १५ गतेबाट छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।