क्वारेन्टाइनमा बसेका व्यक्तिद्वारा आत्महत्या

Devghat Online

शेयर गरौ

१० असार, दमौली
तनहूँको घिरिङ्ग गाँउपालिकाको चन्द्रज्योति माविको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् । सो गाँउपालिकाको वडा नम्बर ३ गैराथोक निवासी ४९ वर्षीय ती पुरुषले असार ९ गते राती आत्महत्या गरेको प्रहरीले जनाएको छ । ति व्यक्ति गत असार ४ गते भारतबाट गाँउ आइपुगेका थिए ।
सुरुमा सरस्वती माविको क्वारेन्टाइनमा राखिएका उनलाई ५ गते विहान क्वारेन्टाइनबाट भागेपछि सोही दिन बेलुका जंगलमा फेलापारी चन्द्रज्योति माविको क्वारेन्टाइनमा राखिएको थियो । मंगलबार बेलुका उनलाई खाना पु¥याउन जादा ढोका नखोलेपछि झयालबाट हेर्दा सिलिङ्गमा झुण्डिएको अवस्थामा फेलापरेको गाँउपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण रिमालले जानकारी दिए ।
उनी लगायत क्वारेन्टाइनमा बस्ने सबैको पिसिआर परिक्षणकोलागि बुधबार स्वाव संकलन गर्ने कार्यक्रम रहेको थियो । तर सो घटनापछि स्वाव संकलन कार्य बुधबारकोलागि स्थागित भएको रिमालले बताए । मृतकको पिसिआर परिक्षण पछि मात्र शवलाई के गर्ने भन्ने टुङ्गो लाग्ने इलाका प्रहरी कार्यालय भिमादका इन्चार्ज भेषराज रेग्मीले बताए । मृतकको स्वाव संकलन गरि परिक्षणकोलागि पोखरा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध