देवघाटको बजेट ४० करोड तिन लाख

Devghat Online

शेयर गरौ

कृषि, स्वास्थ्य, पर्यटन, पुर्वाधार विकास र वातावरण तथा विपद व्यवस्थापन मुख्य उद्देश्य
१० असार, देवघाट
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ४० करोड ७५ लाख ५८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको जारी छैठौं गाउँ सभामा बुधबार गाउँपालिकाकी उपाध्यक्ष विमला थापाले आगामी आर्थिक वर्षको अनुमानित आय÷व्यय प्रस्तुत गरेकी थिईन् ।
‘हाम्रो देवघाट समृद्ध देवघाट’ भन्ने नारालाई सार्थक बनाउने मुख्य मेरुदण्डको रुपमा आर्थिक विकासलाई लिई कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी तथा पुर्वाधार विकासलाई देवघाट गाउँपालिकाले मुख्य नीति तय गरेको छ ।


देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि, जनस्वास्थ्य, पुर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र सार्वजानिक सेवा प्रवाह तथा क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । त्यसैगरि गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेटको मुख्य उदेश्यहरुमा नीति तथा कार्यक्रमको पुर्ण कार्यान्वयन, उत्पादन र उत्पादकत्वको बृद्धि गरि रोजगारीको सिर्जना, सहज आगमनको लागि भौतिक पुर्वाधारतर्फ सडकको पहुँच विस्तार, खानेपानी तथा सरसफाईलाई उच्च प्राथमिकता दिई पुर्ण सरसफाई उन्मुख गाउँपालिका घोषणा, कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादन र उत्पादकत्व बृद्धि तथा स्वस्थ नागरिक अमुल्य सम्पत्ती कार्यक्रमको कार्यान्वयन हुने गरि जनस्वास्थ्यलाई जोड दिने लगायतको रहेको गाउँपालिकाकी उपाध्यक्ष थापाद्वारा प्रस्तुत वार्षिक बजेटमा उल्लेख छ ।


विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण गाउँपालिकाको राजश्वमा प्रभाव परेको र अन्य क्षेत्रको बजेट रकमान्तर गरि कोरोना कोषमा जम्मा गर्नु परेको र अझै पनि उक्त कोषमा रकम पर्याप्त नभएको कारण यसको प्रभाव आगामी आर्थिक वर्षमा पनि पर्ने संकेत देखिएको जनाईएको छ । आगामी आर्थिक वर्षको बजेट नयाँ परिस्थितिले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने र त्यसको उपयोग गर्ने तर्फ बजेट लक्षित हुनु पर्ने गाउँपालिकाले जनाएको छ ।
यसै अनुरुप स्वास्थ्य र कृषिको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । कोभिड –१९ को कारण शिक्षा क्षेत्र विशेष गरि विद्यार्थीको पठन पाठन बढि प्रभावित भएकोले शिक्षा क्षेत्रमा नयाँ प्रविधि र त्यसको अध्ययन गरिने भएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ सशर्त अनुदान १७ करोड ५० लाख र संघीय समपुरक अनुदान १ करोड ६४ लाख समेत गरि चालु खर्चको लागि ३२ करोड ३ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पुँजिगत खर्च तर्फ भवन निर्माण, साउने कर्ताप, सिन्च्याङ–सर्वाङ सडक लगायतका योजना कार्यान्वयनकोलागि ८ करोड ७१ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरि कृषि, पशु स्वास्थ्य, उद्योग, पर्यटन र सहकारीको विकासकोलागि ५ करोड ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको कृषि क्षेत्रकोलागि मात्रै २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, धार्मिक, सांस्कृतिक, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, युवा तथा खेलकुँद र मनोरन्जन जस्ता सामाजिक विकासकोलागि १८ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


पुर्वाधार क्षेत्र तर्फ गाउँपालिकाको भवन निर्माण र अन्य पुर्वाधार विकासकोलागि ६ करोड २५ लाख ९८ हजार रुपैयाँ विनिजोजन गरिएको छ । त्यसैगरि वातावरण तथा विपद व्यवस्थापनकोलाई प्रभावकारी बनाउन २० लाख विनियोजन गरिएको छ । क्षमता विकासकोलागि ८३ लाख र कोभिड व्यवस्थापन कोष, कोभिड भैपरी, चालु भैपरी तथा पुँजिगत भैपरीकोलागि १ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोरोना भाईरसले सिर्जित समस्याको कारण गाउँपालिका आर्थिक रुपमा समस्याग्रस्त भएको हुँदा सबैको सहकार्य जुरुरी भएको बताए । अहिले देवघाटमा पनि एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हुँदा अव सबैले सावधानी अपनाउनु आवश्यक भएको भन्दै अध्यक्ष थापाले सबैको सहकार्य र एकताबाट अहिलेको समस्यालाई पराजित गर्न सकिने बताए ।
कार्यक्रमको सुरुमै वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले आर्थिक विधेयक र वडा नम्बर ४ का अध्यक्ष पदमबहादुर गुरुङले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । गाउँ सभा अन्तर्गत आगामी असार १५ गतेदेखी नीति तथा कार्यक्रम र बजेट माथी छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान