संकटको घडीमा एकजुट हुन देवघाटका अध्यक्ष थापाको अपिल

Devghat Online

शेयर गरौ

१० असार, देवघाट
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले वर्तमान संकटको घडीमा सबै गाउँवासी एकजुट हुन अपिल गरेका छन् । देवघाट वडा नम्बर १ का एक पुरुषमा बुधबार विहान कोरोना भाइरसको पोजेटिभ देखिएपछि गाउँपालिकाको तर्फबाट अपिल प्रकाशित गरि अध्यक्ष थापाले कोरोना भाइरसबाट जुध्न सबैको सहकार्य र हातेमालो आवश्यक भएको बताएका हुन् ।
विभिन्न माध्यमहरुबाट यो माहामारी नागरिकमा सर्न सक्ने हुँदा सबैले आत्मबल दह्रो बनाई रोगप्रतिरोधात्मक क्षमताको विकास गर्न र सामाजिक सद्भाव कायम गर्न पनि अध्यक्ष थापाले अनुरोध गरेका छन् । सबै साथीभाई र छरछिमेकलाई माया गरौ, सद्भाव देखाऔं र आत्मबल बढ्ने खालका प्रेरणादायी कुराहरु संक्रमित वा क्वारेन्टाइनमा बसेका नागरिकलाई सुनाउनु पर्ने अध्यक्ष थापाको भनाई छ । साना ठुला सबै आफ्नै साथी भाई र नागरिक भएको हुँदा सबैले सकारात्मक सोचको विकास गर्नु पर्ने उनको भनाई छ ।
यस्तो संवेदनशिल स्थितीमा सबै सजग बन्न र सामाजिक दुरी कायम गर्दै आफ्ना दैनिक व्यवहार गर्न, अनावश्यक भिडभाड नगर्न र सरसफाईमा नियमित ध्यान दिन पनि गाउँवासीलाई अध्यक्ष थापाले अनुरोध गरेका छन् । यी उल्लेखित कुराहरु पालना गर्ने हो भने केही न केही राहत अवश्य हुने र यसले हामी भित्रको रोगप्रतिरोधी क्षमताको विकास हुने अध्यक्ष थापाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका