१९ असार, दमौली
तनहूँ प्रहरीले कर्तव्य ज्यान मुद्दाका प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ । साविक व्यास नगरपालिका १३ बस्ने वर्ष २७ का बिक्रम सुनाम परियारलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् । पक्राउ परेका परियारले २०६५ फागुन १० गते राती पोखरिभञ्ज्याङ(१ हाल व्यास नगरपालिका १३ ताउरी खोलामा पोखरिभञ्ज्याङ गाविस ५ बस्ने प्रेम बहादुर परियार समेतको संलग्नतामा स्थानीय गोरे परियार कडा वस्तु प्रयोग गरी मारेर सेती नदीमा फालेको आरोपमा कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ गरिएको थियो ।
सुनाम परियार समेतलाई तनहुँ जिल्ला अदालतमा पेश गर्दा प्रतिबादी बिक्रम सुनाम परियारको हकमा उक्त अदालतको २०६७ माघ १० गते १ बर्ष ६ महिना कैद सजाय हुने गरी फैसला भएकोमा उक्त फैसला पश्चात फरार रहेको तनहुँ प्रहरीले जनाएको छ ।
सुनाम परियारको खोजतालस गर्ने क्रममा असार १७ गते बिहान व्यास नगरपालिका ३ दमौलीमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला परेका हुँदा उनलाई कानूनी रितपूर्वक पक्राउ गरी अदालत समक्ष पेश गरी बाँकी १ वर्ष ५ महिला ५ दिन कैद भुक्तान गर्न कारागार चलान गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी गराएका छन् ।
यसैगरि तनहुँ प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बन्दिपुर गाउँपालिका ६ ग्याम्पाका बर्ष २६ को मनोज कुमार गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बन्दिपुर गाउँपालिका ६ बखरखोला स्थित बुद्द सिंह मार्ग सडक खण्डमा बखरखोलाबाट बन्दिपुर धरमपानी जाने सडक तर्फ गिट्टी बालुवा लोड गर्नका लागि सोही वडाका बर्ष २६ का कालु भन्ने मनोज कुमार गुरुङले चलाई लैजादै गरेको ना.अ.प.म. २०० (ग १ त ५८०६) नं. को ट्याक्टर दुर्घटना हुँदा उक्त नं. को ट्याक्टरमा सवार बन्दिपुर ६ का बर्ष २२ को पञ्चराज गुरुङ सोही ट्याक्टरले किची घटनास्थलमा नै मृत्यु भएको सवारी ज्यान मुद्दामा घट्ना पश्चात फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तनहुँ जिल्ला अदालतबाट समेत पक्राउ अनुमती लिई खोजतलास गर्ने क्रममा गत बुधबार उनलाई व्यास नगरपालिका ३ सिर्जनाचोकबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पोखराको कोटिहोम महायज्ञ लेकसाइडबाट सरेर बिरौटामा हुने
पोखरा । चैत १२ पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ