बाल विवाह गर्न खोज्ने विवाहमण्डपबाटै पक्राउ

Devghat Online

शेयर गरौ

२६ असार, दमौली
१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेका गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई बुधबार व्यास नपा– ११ बाट प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँकी बालिकासँग बाल विवहा हुदै गर्दा प्रहरीले दुलाहा सहित उनका वुवा र पण्डित तथा बालिकाको बाबू र आमालाई समेत मण्डपबाटै फक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए ।
बालविवाह हुँदै छ भन्ने सूचनाको आधारमा गएको प्रहरीले विवहाको कार्यक्रम भईरहँदा उनीहरुलाई पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए ।
डिएसपी तिमिल्सिनाका अनुसार प्रहरी पुग्दा बालिकालाई सिन्दुर समेत हालिसकेको र अन्माउने तयारी हुँदै थियो । पक्राउ गरिएका सबैलाई असार २५ गते बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई देवानी फौजदारी संहिताको विवहा सम्बन्धि कसुर अन्तर्गत वाल विवहा सम्बन्धी मुद्धा दर्ता गरिएको डिएसपी तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले