पहिरो अपडेटः तनहूँमा पहिरोमा परि १० को मृत्यु, २ जना वेपत्ता

Devghat Online

शेयर गरौ

२९ असार, दमौली,
आईतवार रातीदेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा परेर तनहूँमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । पहिरोमा परी व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको मृत्यु भएको छ भने कमलाका २० बर्षिय छोरा राजेश वेपत्ता भएका छन् । सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोले घर पुरिँदा मृत्यु भएको छ ।
यसैगरि रिसिङ गाउँपालिका–८, पल्ट्याङ भैँसीकिलीका २८ वर्षीय भेषबहादुर थापा, २२ वर्षीय महादेव थापा, २० वर्षीया मनिसरा थापा, २८ वर्षीया मिनीमाया थापा र पाँच वर्षीया बालिका अनिसा थापाको पनि घरमाथीबाट आएको पहिरोमा परि ज्यान गएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । मृत्युहुनेहरु एकै घरका हुन् ।
त्यस्तै म्याग्दे गाउँपालिका–६ का १७ वर्षीया लक्ष्मी विकको पनि पहिरोमा परी ज्यान गएको छ । वडा अध्यक्ष बसन थापाका अनुसार परिवारका सात जना सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोमा ज्यान गुमाएका तथा वेपत्ता भएकाहरुको खोजी तथा उद्धारकोलागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित गाउँलेहरुको टोली दिनभर खटिएको थियो । खोजीकै क्रममा साँझसम्म ६ जनाको शव भेटिएको थियो । हराईरहेका २ जनाको पनि खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई